तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौँ महानगरपालिका–२६ ले एक वर्षमा उठायो २२ करोड ५४ लाख राजश्व

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार २१ गते, शनिबार ८:२४

काठमाडौँ २१ असार । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि राष्ट्रिय बसपार्क नयाँबसपार्क लगायतको क्षेत्रबाट असार १५ गतेसम्म रु २२ करोड ५४ लाख ९६ हजार राजश्व सङ्कलन भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २६ मा पर्ने गोँगबु, सामाखुशी, लैनचौर, ठमेल, म्हैपी, रानीबारीलगायतका क्षेत्रबाट विभिन्न शीर्षकमा उक्त राजश्व सङ्कलन भएको वडा सचिव केदार रिमालले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका २६ ले शुक्रबार साँझ आयोजना गरेको ‘सार्वजनिक सुनुवाईमा घरबहाल कर अन्तर्गत रु १३ करोड ३३ लाख ८० हजार, सम्पत्ती कर अन्तर्गत रु पाँच करोड २१ लाख ८९ हजार, व्यवसाय रजिष्ट्रेशन अन्तर्गत रु तीन करोड १५ लाख ४९ हजार रावश्व सङ्कलन भएको वडा सचिव रिमालले जानकारी दिनुभयो ।

यसबाहेक सम्पत्ती कर, व्यवसाय कर, बहाल कर, भूमी कर, मनोरञ्जन करअन्तर्गत समेत राजश्व सङ्कलन भएको छ । ६ हजार ८५० घरधुरी र ४६ हजार ५०० जनसंख्या रहेको उक्त वडामा चालू आवका लागि ४७ वटा पूर्वाधारको योजना स्वीकृत भएकोमा २१ वटा योजना सम्पन्न भइसकेको छ ।

उक्त वडाभित्र ढल जडान, सडक कालोपत्रे, फुटपाथ निर्माण, सडकबत्ती जडान, सिसिटिभी जडान, घर नम्बरीङ, सामुदायिक विद्यालयमा ल्याव निर्माण, सामाखुशी चिल्डेन पार्कमा फाल्चा निर्माणलगायतका काम सम्पन्न भइसकेको छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले वडाभित्रका विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्नका लागि वडाले तदारुकताका साथ काम गरिरहेको बताउनुभयो । चाँडै नै वडाभित्रका सबै सडकलाई कालोपत्रे सम्पन्न गर्ने उहाँको भनाई थियो ।

वडाअध्यक्ष तिवारीले काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि वडाले आर्थिक वर्ष २०८२÷०८३ का लागि विशेष प्राथमिकता दिएर वजेट विनियोजन गरेको बताउनुभयो ।
उक्त वडाका वडासदस्य प्रवेश श्रेष्ठले जनताको हरेक समस्या समाधानका लागि वडा कार्यालयले काम गरिरेहेको उल्लेख गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु