तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमला सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार २६ गते, बिहीबार १७:४३

काठमाडौं । ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रालि संचालक तथा नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दीपप्रसाद धमला सम्मानित भएका छन।

गुरु पुर्णिामाको अवसरमा बिहिवार राष्ट्रिय नागरिक विकास समाजले काठमाडौं गरेको बिशेश कार्यक्रममा सफल कृषि व्यक्तित्व सम्मान २०८२ बाट कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले भव्य समारोहका बीच धमलालाई सम्मान गर्नु भएको हो।

सामाजिक कार्यमा समेत सक्रिय सम्मानित धमला विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएर निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय उद्यमी तथा कृषि अभियन्ता पनि हुन् ।

प्रखर वक्ता, दुग्धजन्य लगाएत अन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध रहेका छन् । बिशेश गरि दूध तथा कृषि जन्य बस्तु बिदेश बाट आयत गर्नु हुन्न एस बाट देशको ठुलो धन राशी बाहिरिने र देशको अर्थ तन्त्रमा नै असर पर्ने वहाँको अडान रहेको छ।

सम्मानप्रति आभार व्यक्त गर्दै धमलाले दुग्धजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताए। हामिले जे काम गरे पनि हाम्रो देशको अर्थ तन्त्र बिदेसिन बाट रोक्नु पर्ने धारणा ब्याक्त गर्नु भयो। यो सम्मान आफुलाइ मात्र नभै समग्र कृषि एबम दुग्ध लाई सम्मान भयको बताउनु भयो । यो सम्मान ले आगामी दिन यसै क्षेत्रमा थप ससक्त भयर लाग्न प्रेरित गरायको छ भन्दै कार्यक्रमका सम्पुर्ण टिमलाइ धन्यवाद ज्ञापनसमेत गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु