दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिम रोयल्सले अण्डर–१६ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सुशील रावललाई १ लाख रुपैयाँ आर्थिक सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार २८ गते, शनिबार ६:२०

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को सर्वाधिक लोकप्रिय टिम सुदूरपश्चिम रोयल्सले अण्डर–१६ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सुशील रावललाई अभ्यासका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमबाट छनोट गरिएका ८ जना ‘हिरो’ खेलाडीमध्ये रावल एक हुन्।
सुशील रावलले हालै सम्पन्न सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय ACC U-16 East Zone Cup मा नेपाली टोलीबाट खेलेका थिए। उनले नेपाललाई उपाधि जिताउने यात्रामा महत्वपूर्ण योगदान दिएका थिए।
सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रकाश खड्काले भने:
“हामी अत्यन्तै हर्षित छौं, किनभने हाम्रो ट्यालेन्ट हन्टबाट छनोट गरिएका खेलाडीहरूले राष्ट्रिय टिमसम्म स्थान बनाउनु गर्वको कुरा हो। सुशील रावलजस्ता प्रतिबद्ध र अनुशासित खेलाडीलाई सहयोग गर्न पाउनु हामी सबैका लागि प्रेरणादायी छ।”
सिंगापुरमा सम्पन्न उक्त प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हात पारेको थियो।
CEO खड्काले भविष्यमा अझ धेरै नयाँ प्रतिभाहरूको खोज र प्रोत्साहनमा जोड दिँदै थपे:
“सुदूरपश्चिममा अझ धेरै लुकेका हिरा छन्। हामी निरन्तर नयाँ ट्यालेन्ट पहिचान र प्रोत्साहनमा लाग्नेछौं। एनपीएलको तयारी पनि भव्यताका साथ हुँदैछ। यो सिजनमा अझ राम्रो र फरक तरिकाले तयारी गरिरहेका छौं। फ्यानहरूले धैर्य राख्न अनुरोध गर्दछु।”
सुदूरपश्चिम रोयल्सको यो पहललाई क्षेत्रीय खेल विकासमा निजी क्षेत्रको उत्कृष्ट उदाहरणको रूपमा हेरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु