दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सञ्चालनमा आयो ‘हङ्ग्री वेल्स’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार २९ गते, आईतवार ७:२२

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी शिशिर सिंखडाले हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । डेढ दशकदेखि क्याम्ब्रिज मार्फत उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका सिंखडाले काठमाडौंको बुढानिलकण्ठ–८, भंगालमा हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
‘स्वस्थ खाना खाउँ, स्वस्थ जीवन जिउँ’ भन्ने नाराका साथ सञ्चालनमा आएको हङ्ग्री वेल्समा रेष्टुरेन्टमा स्थानीय नेपाली परिकारदेखि इण्डियन, कन्टिनेन्टल लगायतका परिकारहरु पाइन्छ । शान्त, स्वच्छ वातावरणमा रहेको हङ्ग्री वेल्सले ग्राहकलाई फरक स्वादसँगै न्यानो आतिथ्यता प्रदान गर्ने सञ्चालक शिशिर सिंखडाले बताउनु भयो । ‘हङ्ग्री वेल्समा तपाईहरुले नेपाली परिकारदेखि इण्डियन, चाइनिज, इटालियन लगायतका परिकारहरु पाउनु हुन्छ ।’ गुणस्तरीय र स्वस्थ परिकार प्रदान गर्नु हङ्ग्री वेल्सको मुख्य उद्देश्य रहेको उहाँको भनाई छ ।
स्वच्छ र स्वस्थ परिकार निर्माणका लागि हङ्ग्री वेल्सले स्टार होटलमा काम गरेका कुकको व्यवस्थापन गरेको छ । ‘हामीले खाने हरेक परिकार स्वच्छ, स्वस्थवर्धक हुनुपर्छ भन्ने मान्यता राखेकाले स्वच्छता र स्वस्थता कायम गर्न हरेक परिकारमा प्रयोग हुने खाद्य सामानहरुको गुणस्तरीयता मापन गरेर प्रयोग गरेका छौं ।’ सञ्चालक सिंखडाले भन्नुभयो ।
करिब एक करोड लगानीमा सञ्चालनमा ल्याइएको हङ्ग्री वेल्स रेष्टुरेन्ट पारिवारिक वातावरणमा बसेर समय व्यतित गर्न सकिन्छ । हङ्ग्री वेल्सका परिकारहरुलाई फुडमाण्डु, पठाओ फुड, भोज डील लगायतका अनलाइन प्लेटफर्मबाट होम डेलिभरीबाट पनि ग्राहकको घरघर पुर्याउने लक्ष्य छ । सञ्चालक सिंखडाले केही समयभित्रै होम डेलिभरीको सेवा सुरु गर्ने जानकारी दिनुभयो ।
हङ्ग्री वेल्सलाई निकट भविष्यमै फ्रेन्चाइज मोडलमा समेत लैजाने लक्ष्य लिइएको छ । उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर हस्पिटालिटी क्षेत्रमा केही गरौं भन्ने सोचका साथ आएका सिंखडाले हङ्ग्री वेल्स हस्पिटालिटी क्षेत्रमा नेपालकै नमूना हुने जिकीर गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु