
काठमाडौं । नेपाली राजदूतावास, रियादमा शुक्रबार वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा रहँदा ध्यान दिनु पर्ने बिषय तथा जानकारी सम्बन्धी सचेतनामूलक हाते पुस्तिका विमोचन तथा सोसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि परराष्ट्र सचिव अमृतबहादुर राईको प्रतिनिधिको रुपमा मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले सचिवको शुभकामना सन्देश पढेर सुनाएका थिए । कार्यक्रममा भर्चुअल माध्यमबाट श्रम गन्तव्य मुलुकका नेपाली नियोगहरुका महामहिम राजदूतहरु, महावाणिज्यदूतहरु र अन्य पदाधिकारीहरु, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कन्सुलर सेवा विभाग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट पदाधिकारीहरु सहभागी हुनु भयो । त्यसैगरी सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तथा एमआरसी नेपालका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा राजदूतावासको कार्यक्रम हलमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका साउदी अरेबियास्थित भातृ संगठनका प्रतिनिधिहरु, जातिरजनजाति, सामुदायिक, भौगोलिक, क्षेत्रीय, जिल्लागत तथा परोपकारी उद्वेश्यले साउदी अरेबियामा गठन भएका नेपाली संघसंस्थाका प्रतिनिधिहरु र साउदी अरेबियामा क्रियाशिल नेपाली पत्रकारहरु लगायत सम्बन्धित सरोकारवालाहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा साउदी अरेबियाका लागि नेपाली महामहिम राजदूत डा. नरेश विक्रम ढकालले उक्त सचेतनामूलक हाते पुस्तिका विमोचन गरेका थिए । हाते पुस्तिकामा मुख्य रुपमा साउदी अरेबियामा रहेका र यहाँ आउन चाहने नेपाली श्रमिकले जान्नुपर्ने बिषयहरु तथा राजदूतावासले प्रदान गर्ने सेवा तथा भूमिका, कन्सुलरसम्बन्धी सेवा, सामाजिक सुरक्षा योजना तथा साउदी अरबमा कुनै नेपालीको दुर्घटनारमृत्यु भएमा क्षतिपूर्ति तथा शव नेपाल पठाउने प्रक्रिया लगायतका विषयहरुमा विस्तृतमा जानकारी समावेश गरिएको छ ।
कार्यक्रममा हाते पुस्तिकामा समावेश भएका बिषयहरुमा राजदूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीले प्रस्तुतीकरण गर्नुको साथै प्रश्नोत्तर कार्यक्रममा सहभागीहरुले सोध्नु भएका प्रश्नहरुको उत्तरसमेत दिएका थिए ।
कार्यक्रमको अन्त्यमा महामहिम राजदूतले सहभागीहरुलाई सम्बोधन गर्दै कार्यक्रमको मुख्य उद्देश्य साउदी अरबमा विभिन्न पेशा व्यवसाय तथा रोजगारी गरी बसेका करीव चार लाख नेपाली र भविष्यमा आउने नेपाली श्रमिकहरुले समेत जान्नु पर्ने कुरा, पालना गर्नु पर्ने नियम र कर्तव्य, राजदूतावासले प्रदान गर्ने सेवा तथा भूमिका र यहाँको नियम(कानूनको बारेमा सुसुचित गराउने र साउदी अरेबियामा रहेका नेपाली डायस्पोरा मार्फत यस सम्बन्धी अधिकतम सूचना एवं जानकारी प्रवाह गर्ने रहेको बताए । साथै, कार्यक्रममा उठेका बिषयहरु लगायत नेपाल र साउदी अरेबिया बीचको द्विपक्षीय श्रम सम्झौता, दुर्घटनारमृत्यु भएमा नेपालीले पाउने क्षतिपूर्ति लगायत राजदूतावासले गरिरहेका महत्वपूर्ण कार्यहरु र प्रगति एवं चुनौतीका बिषयमा समेत जानकारी गराएका थिए।
प्रेस विज्ञप्ति
यस राजदूतावासमा आज मिति २०८२ असार २७ गते (जुलाई 1१, 2025) वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा रहँदा ध्यान दिनु पर्ने बिषय तथा जानकारी सम्बन्धी सचेतनामूलक हाते पुस्तिका विमोचन तथा सो सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
कार्यक्रमका प्रमुख अतिथि परराष्ट्र सचिव श्री अमृतबहादुर राईको प्रतिनिधिको रुपमा मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख श्री रामकाजी खड्काले सचिवज्यूको शुभकामना सन्देश पढेर सुनाउनु भयो । कार्यक्रममा भर्चुअल माध्यमबाट श्रम गन्तव्य मुलुकका नेपाली नियोगहरुका महामहिम राजदूतहरु, महावाणिज्यदूतहरु र अन्य पदाधिकारीहरु, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कन्सुलर सेवा विभाग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट पदाधिकारीहरु सहभागी हुनु भयो । त्यसैगरी सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तथा एम.आर.सी. नेपालका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा राजदूतावासको कार्यक्रम हलमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका साउदी अरेबियास्थित भातृ संगठनका प्रतिनिधिहरु, जाति/जनजाति, सामुदायिक, भौगोलिक, क्षेत्रीय, जिल्लागत तथा परोपकारी उद्वेश्यले साउदी अरेबियामा गठन भएका नेपाली संघसंस्थाका प्रतिनिधिहरु र साउदी अरेबियामा क्रियाशिल नेपाली पत्रकारहरु लगायत सम्बन्धित सरोकारवालाहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा साउदी अरेबियाका लागि नेपाली महामहिम राजदूत डा. नरेश विक्रम ढकालले उक्त सचेतनामूलक हाते पुस्तिका विमोचन गर्नु भयो । हाते पुस्तिकामा मुख्य रुपमा साउदी अरेबियामा रहेका र यहाँ आउन चाहने नेपाली श्रमिकले जान्नुपर्ने बिषयहरु तथा राजदूतावासले प्रदान गर्ने सेवा तथा भूमिका, कन्सुलर सम्बन्धी सेवा, सामाजिक सुरक्षा योजना तथा साउदी अरबमा कुनै नेपालीको दुर्घटना/मृत्यु भएमा क्षतिपूर्ति तथा शव नेपाल पठाउने प्रक्रिया लगायतका विषयहरुमा विस्तृतमा जानकारी समावेश गरिएको छ ।
कार्यक्रममा हाते पुस्तिकामा समावेश भएका बिषयहरुमा राजदूतावासका श्रम काउन्सेलर श्री कविराज उप्रेतीले प्रस्तुतीकरण गर्नुको साथै प्रश्नोत्तर कार्यक्रममा सहभागीहरुले सोध्नु भएका प्रश्नहरुको उत्तरसमेत दिनु भयो ।
कार्यक्रमको अन्त्यमा महामहिम राजदूतले सहभागीहरुलाई सम्बोधन गर्दै कार्यक्रमको मुख्य उद्देश्य साउदी अरबमा विभिन्न पेशा व्यवसाय तथा रोजगारी गरी बसेका करीव चार लाख नेपाली र भविष्यमा आउने नेपाली श्रमिकहरुले समेत जान्नु पर्ने कुरा, पालना गर्नु पर्ने नियम र कर्तव्य, राजदूतावासले प्रदान गर्ने सेवा तथा भूमिका र यहाँको नियम-कानूनको बारेमा सुसुचित गराउने र साउदी अरेबियामा रहेका नेपाली डायस्पोरा मार्फत यस सम्बन्धी अधिकतम सूचना एवं जानकारी प्रवाह गर्ने रहेको बताउनु भयो । साथै, कार्यक्रममा उठेका बिषयहरु लगायत नेपाल र साउदी अरेबिया बीचको द्विपक्षीय श्रम सम्झौता, दुर्घटना/मृत्यु भएमा नेपालीले पाउने क्षतिपूर्ति लगायत राजदूतावासले गरिरहेका महत्वपूर्ण कार्यहरु र प्रगति एवं चुनौतीका बिषयमा समेत जानकारी गराउनु भयो । औपचारिक कार्यक्रम समापन भएपश्चात सामूहिक फोटो खिच्ने कार्यक्रम समेत सम्पन्न भयो ।
नेपाली राजदूतावास, रियाद
27 असार 2082


