दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल कम्युनिस्ट पार्टीले बिदुर नगरपालिका–शेराफाटस्थित पाँच रोपनी क्षेत्रफलमा धान रोपाइँ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार ३२ गते, बुधबार ९:५६

जीवन सी

३१ असार २०८२, मंगलवर नुवाकोट । नेपाल कम्युनिस्ट पार्टीले बिदुर नगरपालिका–शेराफाटस्थित पाँच रोपनी क्षेत्रफलमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पार्टीको आत्मनिर्भरता निर्माण अभियान अन्तर्गत सञ्चालन गरिएको हो ।

“श्रमलाई सम्मान गरौँ, श्रम संस्कृतिको निर्माण गरौँ” भन्ने नारासहित आयोजना गरिएको रोपाइँ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सिर्जन सी, केन्द्रिय प्रतिनिधि सदस्य जीवन सी,युवा संगठन नेपालका केन्द्रिय सचीवलय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज बासु सी जिल्ला सचीवलय सदस्य राम कुमार सी जिल्ला सदस्यहरु हिरा लाल सी कल्पना सी तथा जबस–मोर्चाका नेता–कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी नेताहरूले श्रम र उत्पादनलाई पार्टी कार्यदिशासँग जोड्दै राजनीतिक चेतनासहितको कृषि अभियानले नै मुलुकलाई आत्मनिर्भर र समृद्ध बनाउने धारणा राखेका थिए । उनीहरूले ‘श्रम संस्कृति’ लाई संस्थागत गर्दै देशभर उत्पादनमूलक अभियानहरू सशक्त रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

पार्टीले विगत केही वर्षयता उत्पादन,श्रम र आत्मनिर्भरता अभियानलाई प्राथमिकतामा राख्दै विभिन्न जिल्लाहरूमा यसप्रकारका कार्यक्रम गर्दै आइरहेको छ ।नेकपाले नेता कार्यकर्ता, पार्टी र जनतालाई आत्मनिर्भर बनाउने अभियान संचालन गर्ने क्रममा देशभर धान रोपिरहेको हो
पार्टीका महासचिव विप्लव सी कपिलवस्तुमा धान रोप्न व्यस्त छन् ।
नेकपाले असार १० देखि साउन १० गतेसम्म उत्पादनमा लाग्न देशभरका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । सोही अनुसार देशभर उत्पादनको कार्य भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु