
साउन -२ काठमाडौं ५,हाँडिगाउँमा रहेको सेन्ट जर्ज स्कुलमा २०८१ मा एस.ई.ई दिइ उतीर्ण विद्यार्थीहरुलाई बधाई एवम् बिदाई कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद दाहालकाे अध्यक्षता एवं नाल्वाका केन्द्रीय अध्यक्ष टीका प्रसाद घिमिरेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भयाे।
साे कार्यक्रममा राेटरी क्लब अफ कपनका काेषाध्यक्ष श्रीकृष्ण भण्डारी, हिमालयन डेरी उद्योगका निर्देशक राजेश चालिसे, एन.डि.एका सदस्य मिन प्रसाद फुँयाल ,विद्यालयका निर्देशक रजत श्रेष्ठ ,साउथ एसिया पारा स्पाेर्टस फेडरेसनका उपाध्यक्ष ओमनाथ शिवाकोटी, विद्यालयका प्र.अ मेघराज बजगाईं , विद्यालयका शिक्षक शिक्षिका, अभिभावक, विद्यार्थीहरु लगायतको बाक्लो उपस्थिति रहेकाे थियो ।
कार्यक्रम यस वर्ष कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले आयाेजना गरेका थिए । साे कार्यक्रममा कक्षा ९ र १०का विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने कक्षा ९ का विद्यार्थी भाइ आर्यन शाहीले शब्दद्वारा स्वागत गरेका थिए ।बधाई तथा विदाइ कार्यक्रममा उतीर्ण विद्यार्थीहरुकाे तर्फबाट सेलाेरिना चुडालले आफ्नाे भनाइ राख्दै विद्यालयमा बिताएका क्षणका वर्णन गर्नुका साथै यसरी एसईईमा विद्यालय टप हुन पाउँदा खुशी ब्यक्त गर्दै सबै शिक्षक शिक्षिकाहरु एवम् विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। विद्यालयका प्र.अ मेघराज बँजगाईले विद्यार्थीहरुलाई जीवनकाे महत्त्वपूर्ण क्षण अब सुरु भएको र कहाँ के गर्ने ? के बन्ने भन्ने विषयमा गम्भीर भएर साेच्न अनुराेध गरेका थिए।
कार्यक्रममा राष्ट्रिय पारा लिम्पिक कमिटीका काेषाध्यक्ष ओम शिवाकोटीलाई विद्यालयले साउथ एसिया पारा स्पाेर्टस फेडेरियलकाे उपाध्यक्ष पदमा चयन हुनुभएकोमा सम्मान पत्र प्रदान गरिएको थियाे। सम्मान पछि बाेल्दै शिवाकोटीले पढाइसँगै खेलकुदलाई पनि एकै साथ लैजान अनुरोध गरेका थिए। प्रमुख अतिथि टीका प्रसाद घिमिरेले एसईई पास विद्यार्थीहरुलाई आफ्नाे अभिभावककाे गक्ष अनुसार कलेज छनाैट गर्न आग्रह गर्दै विद्यार्थीहरुलाई आफ्नाे लक्ष्य अनुसार विषय छनाैट गरि पढ्न पनि अनुराेध गरे । कार्यक्रमका सभापति एवम् विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद दाहालले सबै विद्यार्थीहरुलाई बधाई दिदै पढ्नुका साथै सीप सिक्न ,विदेश हाेइन स्वदेशमै कार्य गरि बस्न अनुराेध गरे।
एस.ई.ई उतीर्ण विद्यार्थीहरुलाई विद्यालयकाे तर्फबाठ मायाकाे चिनाे प्रदान गरिनुका साथै अभिभावकलाई पनि सम्मान गरिएको थियोे । कार्यक्रमपछि विद्यालयले सबैजनालाई रात्री भाेजकाे व्यवस्था गरेको थियाे। स्वदेशी उत्पादनलाई प्राेत्साहन गर्न विद्यालयले अन्य पेय पदार्थभन्दा माेहीलाई छनौट गरि कार्यक्रममा माेही सेवन गराइएको थियो ।


