दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिस ग्राण्ड नेपाल २०२५” को उपाधि चाहाना प्रधानले हात पार्न सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण ५ गते, सोमबार १०:३६

काठमाडौं । “मिस ग्राण्ड नेपाल २०२५” को उपाधि चाहाना प्रधानले हात पार्न सफल भएकी छन्। आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरूमध्ये चार जना उत्कृष्ट युवतीहरूले विभिन्न उपाधि जित्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गरेका छन् ।

उक्त समारोहमा देशभरका युवा प्रतिभाहरुको सहभागिता देखिएको थियो भने दर्शकहरूको उपस्थिति पनि उल्लेखनीय थियो। सुन्दरतासँगै आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रतिभाको मुल्यांकन गर्दै निर्णायक मण्डलले फरक फरक विधामा चार जना विजेताहरूलाई ताज पहिराएका हुन्।

चार प्रमुख उपाधि विजेताहरू
चाहाना प्रधान – मिस ग्राण्ड नेपाल २०२५ गरिमा गुरुङ – मिस टुरिजम वर्ल्ड नेपाल २०२५ स्नेहा केसी – मिस सुपर ग्लोबल नेपाल २०२५ सञ्जना गुरुङ – मिस ग्राण्ड युनिभर्स नेपाल २०२५

यी विजेताहरूले न केवल सौन्दर्यको ताज जिते, तर अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाए। उनीहरू आगामी वर्ष २०२५ र २०२६ मा हुने विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै नेपालको पहिचान विश्वसामु उजागर गर्नेछन्।
मुख्य बिजेताले ev स्कूटर र चारै विजेताहरूले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, साथै नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेका छन्। आयोजक संस्था आर.के. इन्टरटेन्मेन्ट ग्रुपले उनीहरूलाई अभिनय तालिम, फेसन ट्रेनिङ र अन्तर्राष्ट्रिय स्तरको तयारीमा सहयोग गर्ने जनाएक

प्रतियोगिता भव्य र स्तरिय रुपमा प्रस्तुत गरिएको थियो। यसका लागि देशकै चर्चित कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए। मेकअप आर्टिस्ट रोजिना सुवाल,मिना जाकि , फोटोग्राफर सन्दीप पण्डित, भिडियोग्राफीको जिम्मेवारी RK Group ले लिएको थियो भने प्रतियोगिताको पोशाक डिजाइनर नविन लुइँटेल तयार पारेका थिए। सम्पूर्ण टिमले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास गरेका हुन् , जसको सबै अतिथि र दर्शकहरूले खुलेर गरेका मिस ग्रान्ड नेपालको तारिफ गरेका थिए।
प्रतियोगिताको निष्पक्ष र व्यावसायिक मूल्याङ्कनका लागि योग्य निर्णायकहरूको टोलि गठन गरिएको थियो। निर्णायकहरूमा गीता गुरुङ, मिस पबी, सुस्मी कडेल, प्रमिला सिलवाल, आस्था शाखा, नवराज कोइराला तथा ग्रान्ड जजको रूपमा राम हरि सिलवाल रहेका थिए। उनीहरूले सौन्दर्य मात्र होइन, व्यक्तित्व, आत्मविश्वास, सामाजिक सोच, र सांस्कृतिक ज्ञान र जनताले दिएको VOTE को आधारमा प्रतिस्पर्धीहरूको मूल्याङ्कन गरेका थिए।
आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्राण्ड नेपालको मञ्चमार्फत हरेक वर्ष नेपाली युवतीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि तयार पार्ने काम गर्दै आएको छ। आयोजक सस्थाले सातजना प्रदेशी बिजेता प्रतियोगीहरूलाई समेत ताज प्रदान गरी “इन्टरनेशनल रिप्रेजेन्टेशन” मा समेट्ने छ। उनीहरूलाई समेत आगामी यही वर्षामा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी गराइनेछ।

कार्यक्रममा प्रमुख अतिथि नेपालको प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झा रहेका थिए। सभापति राजु श्रेष्ठ सहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, फेसन डिजाइनर, कलाकार तथा सौन्दर्य र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति कार्यक्रमको आकर्षण बनेको हो ।

“मिस ग्राण्ड नेपाल” मात्र सौन्दर्य प्रतियोगिता होईन, यो नेपालको सांस्कृतिक पहिचान, पर्यटन प्रवर्द्धन र महिला सशक्तिकरणको प्लेटफर्म पनि हो। २०२५ संस्करणले चार जना योग्य सुन्दरीहरूलाई आगामी दुई वर्षभित्र विश्वमञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नेपाललाई गर्व गराउने अवसर पनि पाउनेछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु