तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

त्रिभुवन विमानस्थलको स्तरोन्नती मनसुनमा पनि नरोकी तीब्र गतीमा यसरी हुँदैछ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण १० गते, शनिबार ६:५०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अन्तिम चरणमा पुगेको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत, ट्याक्सी वे र एप्रोन विस्तारलगायतका काम लगभग पूरा हुने चरणमा पुगेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थलमा हवाई यात्रुकोे चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको कार्यलाई तिब्रता दिएको हो । मनसुनको समयमा पनि कामलाई तिब्रता दिइएकाले निर्धातिर मितिमै काम सम्पन्न हुने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । यो काम सन् २०२० अगस्ट २० बाट सुरु भएको थियो । अहिलेसम्म ७५ प्रतिशत काम सकिएको छ ।

धावन मार्ग भन्दा ७५ मिटरभित्रको क्षेत्र अत्यधिक ‘सुरक्षा संवेदनशील क्षेत्र’ रहेकोले गत बैशाखसम्म ५ महिना राती १० घण्टा विमानस्थल बन्द गरेर काम गरिएको थियो । उडान रोकेको भन्दै प्राधिकरणको त्यतिबेला आलोचना भएको थियो । राति उडान रोकेपनि विमानस्थलको आय र यात्रुको संख्या गतवर्षको भन्दा कमी नभएको अधिकारीले बताए ।
नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको संयुक्त ७ अर्ब हाराहारी लगानीमा अन्तर्राष्ट्रिय एप्रोन र एप्रोनलाई उत्तरतर्फको रन–वेसँग जोड्ने ट्याक्सी–वे निर्माण भइरहेको छ । यो काम चिनियाँ ठेकेदार कम्पनी एभिक इन्टरनेसनलले गरिरहेको छ । दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फ अन्तर्राष्ट्रिय विमान पार्किङ (एप्रोन), पूर्वतर्फ ह्याङ्गर क्षेत्रको निर्माण कार्य आगामी पुसमा सकिने छ ।
निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय जहाजको पार्किङ क्षमता ११ बाट १८ मा पुग्ने छ । त्यस्तै धावन मार्गको क्षमतामा पनि २५ प्रतिशतले वृद्धि भइ एयर ट्राफिक व्यवस्थापन सहज हुने अधिकारीको विश्वास छ ।
ट्याक्सी वे र अन्य संरचनाको विस्तारपछि विमानस्थलको यात्रु क्षमता करिब १ करोड पुग्ने अनुमान छ । विमानस्थलबाट अहिले दैनिक तीन सय उडान भइरहेका छन् । दुई वर्षदेखि जारी स्तरोन्नतीको कार्य बीचमा रहेको आयल निगमको हवाई इन्धन डिपोका कारण पश्चिम तर्फको काम भने अहिले रोकिएको छ । आयल निगमको डिपो स्थानान्तरणका लागि प्राधिकरणले उत्तर तर्फ जमिन उपलब्ध गराइसकेको छ । निगमले डिपो सारेलगत्तै पश्चितर्फको समानान्तर ट्याक्सीवेले पूर्णता पाउने छ । विमानस्थलका यी आयोजना सकिएसँगै प्राधिकरणले अन्तराष्ट्रिय यात्रु टर्मिनल अत्याधुनिक सुविधा सम्पन्न बनाउने लक्ष्य लिएको छ । ३००० मिटर लामो रहेको धावन मार्गको यसअघि नै स्तरोन्नती गरि ३३०० मिटर बनाइ सकिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु