
मनिशा अर्याल ,साइप्रस-
नेपाली हिन्दू नारीहरूको महान पर्व तीज विशेष रंगिन उत्सब यो बर्ष पनि साइप्रसमा मनाइने भएको छ।
यहि आउदो आगामी आइतबार २४ अगस्ट २०२५”बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म साइप्रसको लार्नाका स्थित Moments hall मा कार्यक्रम आयोजना गर्न लागेको तथा कार्यक्रमको पुर्व तयारी पनि भब्य रुपले अगाडि बढिरहेको (DBR) नेपाली समाज साइप्रसले जानकारी दिएको छ।
नारी सशक्तीकरण र नेपाली संस्कृतिको संरक्षणका लागि सञ्चालन हुने यस कार्यक्रममा स्थानीय कलाकारहरुको साथमा बेजोड मौलिक तीज गीत, नृत्य प्रस्तुत हुने आयोजकले जनाएको छ।
विशेष हिन्दु महिला मात्र मनाइने तीजलाई साइप्रसमा सम्पुर्ण धर्मलम्बिहरु लाई समेत समेटिएको छ। सो कार्यक्रमको प्रबेश शुल्क २० युरो रहेको छ्।
तीजको लहर ,आयो बरिलै ” भन्ने मुल नाराका साथ हरितालिका तिज २०८२को शुभअवसरमा स्थानीय कलाकारहरुका साथमा नाच्दै गाँउदै रमाउदै नेपाली टिपिकल खानाहरुको साथमा तीजको दर सङ सङ्गै एकआपसमा सुभकामना आदानप्रदान गरिने हुँदा सहभागीताको लागि आयोजक टिमले हार्दिक अनुरोध गरेको छ।


