पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

अब ओली होइन प्रचण्ड प्रधानमन्त्री, एकाएक बन्यो माहोल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २८ गते, आईतवार ०९:५५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । शनिबार गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा  देशको हितका लागि आफू फड्को मार्न तयार रहेको  भन्दै गठबन्धन तोड्ने र आफै प्रधानमन्त्री बन्ने संकेत गरेका हुन्।

यदि यसो भए एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्री बन्ने सम्भावना टर्नेछ। प्रमुख दल भएर एमाले प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउनेछ। उसो त एमालेले पार्टी एकताभन्दा सरकार गठनलाई प्राथमिकता दिएपछि माओवादी केन्द्र सशंकित देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर अझै पनि एकतापछि माओवादीलाई पार्टी नेतृत्व दिने विषयमा कन्भिन्स हुन सकेको छैन । त्यसले अब ओलीको नेतृत्वमा बन्ने भनिएको सरकार नै प्रभावित हुने देखिएको छ ।

शनिबार माओवादी अध्यक्ष प्रचण्डले चितवनबाट देशको हितका लागि आफू फड्को मार्न तयार रहेको संकेत गरिसकेका छन् । यो संकेत उनले ओलीलाई दिएको प्रष्ट हुन्छ । एमाले प्रधानमन्त्री र पार्टी अध्यक्ष आफै राख्ने दाउँमा छ । यो बुझेको माओवादी आत्मसमर्पण गरेर एमालेमा विलय हुन चाहन्न । त्यसो गर्नुभन्दा कांग्रेस र मधेसवादी दलसँग मिलेर सरकार गठन गर्न उसलाई फाइदा छ ।

मधेसवादी दलले एमाले–माओवादी एकता भाँडिदै जाँदा ‘ग्रीन सिंग्नल’ दिइसकेका छन् । रापजाले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने शर्तसहित सरकारमा जाने ढोका खुला राखेको छ भने समाजवादी फोरका अध्यक्ष उपेन्द्र यादव पनि प्रचण्ड नेतृत्वको सरकारमा जान तयार हुनेछन् । उता कांग्रेसले प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको छ । तर, प्रचण्ड पदभन्दा वाम गठबन्धनलाई जनताले विश्वास गरेर जिताएकाले पार्टी एकता गरेर जाने पक्षमा छन् । माओवादीका एक नेताले भने, ‘माओवादी कुनै पनि हालतमा आफ्नो पहिचान गुमाएर एमालेमा विलय हुन जानेवाला छैन । एमालेले दम्भ देखाउन थालेको छ, त्यसको मूल्य चुकाउनु पर्दा उसको बल्ल आँखा खुल्नेछ ।’ यसअघि तीन बुँदे सहमति गरेर ओलीले माओवादीलाई धोका दिएको प्रशंग केलाउँदै ती नेताले अब माओवादी ओलीको जालमा नफस्ने बताए ।

एमाले स्रोतका अनुसार ओलीमा प्रचण्डलाई अध्यक्ष दिएमा आफू अल्पमतमा पर्ने डरका कारण पार्टी एकता हुन नसकेको हो । एकतापछि माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायतका नेता प्रचण्डको पक्षमा उभिने र आफू अल्पमतमा पर्ने ओलीमा ठूलो डर छ । तर, नयाँ सरकार बन्ने समय नजिकिँदै गर्दा प्रचण्डले भनेजस्तै फड्को मार्न बेर नलगाउलान् भन्न सकिन्न । त्यसो भएको खण्डमा त्यसको सबैभन्दा बढी पीडा ओलीले भोग्नुपर्ने निश्चित छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु