फागुन १८, काठमाण्डौ । आज देखि काठमाण्डौका गैरीधारा टंगालमा भोजघर रेष्टुरेन्ट एण्ड बार एण्ड लाउन्ज शुरु भएको छ । आज पहिलो दिन दिनको ग्राण्ड ओपेनिङ्ग कार्यक्रममा काठमाण्डैका नजिकौ टोलका बासिन्दा सहित काठमाण्डौ उपत्याकाका टाढा टाढाबाट मानिसहरु रेष्टुरेन्टमा उपस्थित भएका थिए । आज पहिलो दिनको ग्राण्ड ओपेनिङ्ग कार्यक्रममा एक गिलास ड्रिड.स संगै एउटा स्नेकको परिकार ग्राहकहरुलाई कमप्लीमेन्टरीका रुपमा सेवा दिइएको थियो ।
नेपालीहरुका परम्परागत खानाका प्रकार ढिंडो , गुन्रुको झोल, फापरको रोटी , थकाली खानाको परिकार संगै टाउट माछाका झोल संगै इन्डियन र चाइनिज खाना पनि पाइन्छ ।
आज ग्राण्ड ओपेनिङ्गको अवसरमा यस भोजघर रेष्टुरेन्ट एण्ड बारका निर्देशक रमेश गिरी संगको छोटो कुराकानीमा आधारित ।
आज देखि यस गैरी धारा शुरु गरिएको यस भोजघरको मुख्य भोजघरचैं नँया बजारमा खुल्दैछ छ र अव केही महिना भित्रै हामाी काठमाण्डौ उपत्काकाको विभिन्न सातवटा ठाँउमा यसका शाखा भोजघरहरु खोल्ने तयारीम छौ ं ।
भोजघरको विशेषता भनेको यो ठाँउलेनै ग्राहकहरुलाई सन्तुट दिन्छ । हामीले गैरीधारा पुरानो राणाकालीन घरमा यस भोजघर संचालनमा ल्याएका हौं ।
यस नँया भोजघरको ठाँउको कुरा गर्दा हामीले े होटल व्यवसायमा बिताएका १७ —१८ वर्षको इतिहासमा यो ठाँउ हामीलाई उपयुक्त लागेकाले हामीले भाजघरको लागि यो ठाँउलाई छन्नोट गरेका हौं । यो घर मेनबाटोबाट भित्र र राणकालीन घर भएकाले पनि यस भोजघरले ग्राहकहरुलाई आकर्षित गर्ने आशा लिएका छौं ।यस भोजघरको अक्रो विशेषता भनेका यहाँ पाइने खाना विषादीमुक्त हाइजेनिक रहेको छ । यसमा हामीले विशेष ध्यान दिएका छौ ।
भोजघर नाम राख्ने विषयमा हाम्रा होटल मनाङ्गका कार्यकारी निर्देशक र यस भोजघरका प्रा..िका पनि कार्यकारी निर्देशक देवेन्द्र के.सीले यो नाम जुराउनु भएको हो ।
यस भोजघरको विशेषता भनेको यसमा रेष्टुरेन्ट संगै, भी आइ.पी. हरुका लागि दुइवटा केविन, केविन बार, जन्म दिन, विवाहके एन्गेन्जमेन्त संगै विवाह समारोहका लागि पनि व्यवस्था यस भोजघरमा रहेको छ ।
यस भोजघरले हामीले दिने सेवाबाट े आफनो पहिचान निर्धारण गर्ने आशा हामीले लिएका छौ ।