भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

काठमाण्डौमा अन्तराष्ट्रिय धार्मिक पर्यटन महोत्सव हुने ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र १९ गते, सोमबार १२:२९

चैत्र 19, काठमाण्डौ । श्रीकृष्ण प्रणामी धर्मका प्रणेता प्राणनाथजीको यस धर्तीमा प्रार्दुभाव भएको ४ सय वर्ष पुगेको अवसरमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले आगामी बैशाख ७ गते देखि १३ सम्म श्रीकृष्ण प्रणामी मन्दिर नवतनधाम गोठाटारमा अन्तराष्ट्रिय धार्मिक पर्यटन महोत्सवको आयोजन गर्ने भएको छ ।


आज नेपाल पर्यटन बोर्ड , भृकुटीमण्डपमा आयोजित पत्रकार भेटभाट कार्यक्रममा सो विषयमा जानकारी गराइएको हो ।
सो धार्मिक पर्यटन महोत्सवबारे जानकारी गराउँदै श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष मदन शर्माले प्राणी मात्रको कल्याणको लागि समर्पित श्रीकृष्ण प्रणामी सेवा समिति, समाज परिवर्तनका लागि एक अभियान भएको बताउँदै नेपालमा हुने यस धार्मिक पर्यटन महोत्सवले नेपालको पर्यटनको क्षेत्रमा योगदान पुन्याउने आशा गर्नु भयो ।
देश विदेशबाट दैनिक बीस हजार भन्दा बढी भक्तजनहरुको सहभागी हुने यस महोत्सवमा सन्तहरु, सरकार प्रमुख, मन्त्रिहरु, सरकारका विशिष्ट व्यक्तिहरु, विभिन्न धार्मिक सामाजिक संस्थाका प्रतिनिधहरु , राष्ट्रिय कलकारहरु लगायत गैर सरकारी संस्थाहरुको पनि सहभागिता हुने जानकारी गराईएको छ ।
यस अन्तराष्ट्रिय स्तरको े महोत्सवमा भारतको सिक्किम राज्यका मुख्य मन्त्रि पवन चामलिड. लगायत , बेलायत, अमेरिका , भुटान र छिमेकी राष्ट्र भारतका विभिन्न प्रान्तबाट भक्तजनहरु उपस्थित हुने पत्रकार भेटघाट मार्फत जानकारी गराइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु