मोफसल यात्रामा हैरानको टिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख २६ गते, बुधबार १३:११

बुटवल -विश्वकै कान्छा सौगात विष्टको निर्देशनमा बनेको चलचित्र हैरानको प्रचार–प्रसारका लागि निर्माता टोली मौफसलको दौडमा निस्किएको छ । टोलीले बुधबार प्रदेश नम्बर पाँचको अस्थायी मुकाम बुटवलमा पत्रकारहरूसँग फिल्मको बारेको साक्षात्कार गर्यो । चलचित्र आउँदो जेठ ४ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउँदै छ ।कमेडी, एक्सन र ड्रामको पाटोलाई गज्जबले फिल्ममा देखाइएको निर्देशक विष्टले बताए । निर्देशक विष्टले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

डान्स फिभरको ब्यानरमा बनेको चलचित्रलाई मुक्ति घले, शिशिर घिमिरे, र डाक्टर वाईएल लामाले संयुक्त रुपमा निर्माण गरेका हुन् । सम्झना पोखरेलको कार्यकारी निर्माणमा तयार भएको चलचित्रमा निरज कडेँल र नवराव उप्रेतीको सिनेम्याटोग्राफी छ भने प्रितम पाण्डेको सम्पादन छ ।सत्य–स्वरुपको संगीत रहेको चलचित्रमा सरोज खनाल, गजित बिष्ट, सागर लम्साल ‘बले’, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निष्मा घिमिरे, आरोही शर्मा, एन्जल राई लगायतका कलाकारहरुको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु