काठमाडौं -नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँडले चुनावी हारका अनेक कारण मध्य तात्कालिन माओवादी केन्द्रसँग चुनावी गठबन्धन नगर्नु पनि एक कारण भएको खुलासा गरेका छन् ।राजधानीमा आयोजित नेपाली कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा यस्तो खुलासा गरेका हुन ।उनले भने,‘चुनाव पूर्व माओवादी केन्द्रका साथीहरुको आशय बाहिर आएको थियो, माओवादी केन्द्र एक्लै चुनावि मैदानमा जाने स्थिति थिएन्, उ एक्लै चुनावमा गयो भने सकिने डर थियो, त्यसैले सरकारमासँगै रहेको कांग्रेससँग चुनावि गठबन्धन समेत चाहेको थियो, अर्घाखाचिमा त टोप बहादुर रायमाझीले मतदाताको संख्या तोकेरै चुनाव जित्न सकिदैन भन्नु भएको थियो, सुर्खेतको कुरा गर्दा पार्टीका महामन्त्री पूर्ण बहादुर खड्काले एक्लै चुनावमा जाने हो भने कर्णाली प्रदेशमा कांग्रेसले जित्छ, एमाले(माओवादी एक भएर लडेको खण्डमा शुन्य हुन्छ, भन्नु भएको थियो ।’
चुनावी गठबन्धनले निर्वाचनमा कांग्रेसलाई असर पारेको बताउदै नेता खाँणले भने,‘चुनावी यलाईन्सले ठूलो प्रभाव पार्छ, केही साथीहरुले कुनै असर गर्दैन एक्लै हिड्नुपर्छ भन्नु हुँन्छ त्यो गलत हो, भारतको विहारमा मोदीको प्रभावलाई पन्छाउदै फरक राजनीतिक शक्तिहरुले चुनावि परिणाम हात पारेका छन्, हाम्रोमा पनि त्यहि भएको हो, मैले भनेकै हो यहि हुन्छ, कांग्रेसको ऐतिहासिक कम्जोरी एमाले–माओवादीबीचको चुनावी गठबन्धनको असर यति पर्छ भनेर नबुझ्नु हो ।’हालै संसदमा सरकारले प्रस्तुत गरिएको वजेटले सपनाहरु देखाएको बताउँदै उनले भने,‘सडकमा कागजको पानी जहाज चलाउने खालको सरकारले नीति तथा कार्यक्रम ल्यायो, त्यसको बारेमा संशोधन दर्ता गरेकै हो, तर संशोधन जनताको कानमा पुग्नेगरि बिरोध सुनिएन, त्यसपछि वजेट भाषण सकिएको छ, पारित हुने होला, जसले जनजीवनलाई सम्बोधन गर्ने देखिदैन ।’
त्यस्तै कार्यक्रममा कांग्रेस नेता एवम् पूर्व राज्यमन्त्री राम बहादुर गुरुङले गाउँमा गोठालो जादै गरेका दाजुभाईले कांग्रेस आफैमा मिल्यो भनेर सुन्न पर्खेको बताएका छन् ।उनले भने,‘आजको दिनमा कांग्रेसका समर्थक तथा भोटरहरुले कांग्रेसभित्रको विवादलाई लिएर धेरै चिन्ता गरिहेको मैले पाएको छु, हामी कार्यकर्ता पनि उत्तिकै चिन्तत छौं, तर कांग्रेसको केन्द्रय समितिको वैठकले कुन निर्णय गर्छ, त्यसको प्रभाव कहाँसम्म पर्छ ? त्यसको कुनै लेखा जोखा हुँदैन, त्रिचन्दमा खुकुरी हानाहान भएको खबुर सुनिन्छ, नेताहरु विभाजित भएको खबर सुनिन्छ, तर मिलेको खबर सुनिदैन ।’
कार्यक्रममा लुमजुङ्का पूर्वपार्टी सभापति तुलशी नारायण श्रेष्ठले कांग्रेस पार्टीमा वर्तमान स्थितिको समाना गर्न सक्ने नेतृत्वको खडेरी रहेको बताएका छन् ।उनले भने,‘अरु धेरै कुराहरु म भन्ने पक्षमा छैन्, केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेसको भातृ संगठनहरु किन कम्जोर बन्दैछन् ? यस्तो हुनुमा कसको कति कम्जोरी रह्यो ? पार्टी भित्रको पूर्वाग्रही भावनाको अन्त्य नभएसम्म कांग्रेसको भलाई हुँदैन, कांग्रेसका नेताहरुले के बोले भन्दा पनि कसरी कार्य कुशलता सम्पन्न गर्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ, ठिकलाई ठिक वेठिक भन्न सक्नुपर्छ, कांग्रेसको संठगन भत्किनु भागवण्डा नै हो, अव्यबहारीक गुटको कारण कांग्रेस कम्जोर बन्दैछ, क्षमतावान कार्यकर्ताको अपमान हुने काम भएको छ ।’
उनले अघि थपे, ‘कांग्रेस कार्यकर्ताले भागवण्डाको बिरुद्धमा पार्टी्भित्र बिरोध गर्न नसकेसम्म कांग्रेसको भलाई हुँदैन, कार्यकर्ताको पार्टीमा गुण र दोषको आधारमा स्थान पाउनु पर्छ, यहाँ त नीति, विधि विधानभन्दा नेता ठूलो हुनुपरेको छ, दाताहरुको छातामा नेताहरु छन्, वरिष्ठ हुनुपरेको छ, यस्तो मानसिकताले कसरी कांग्रेस उभालाग्छ ?’कार्यक्रममा कांग्रेस जिल्ला कार्यसमिति लमजुङका सभापति भेष बहालुर पौड्याल, नेता गर्जबहादुर गुरुङ, चन्द्र बहादुर कुँवर लगाएतले आफ्ना कुराहरु राखेका थिए ।