भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

‘नेपाली बाबु’को झलक राख्दै सलोनको ‘बाबु कान्छा’ टिजर रिलिज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २२ गते, मंगलवार १४:२४

काठमान्डौ -नायक सलोन बस्नेत अहिले चर्चामा छन् । सलोनको अभिनयले दर्शकलाई लोभ्याएको पनि छ । उनै, सलोन बस्नेत असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाबु कान्छा’ मार्फत दर्शकमाझ आउँदैछन् । यो उनको होम प्रोडक्शनको चलचित्र हो ।चलचित्रको टिजर आज सार्वजनिक भएको छ । १७ बर्ष अगाडि सलोनले बाल कलाकारको रुपमा काम गरेको चलचित्र ‘नेपाली बाबु’को झलक राख्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा सलोनलाई मात्र प्रस्तुत गरिएको छ । टिजरले चलचित्रको बारेमा केही पनि बोलेको छैन तर दर्शकमा उत्सुकता भने प्रस्तुत गर्छ ।यो चलचित्रमा सलोनसँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, करिश्मा श्रेष्ठ, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जन लगायतका कलाकारको मुख्य भूमिका छ । शोभित बस्नेतको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा रवि अधिकारी कार्यकारी निर्माता, सन्तोषराज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा छन् ।

चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु