प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

नेपालगञ्ज गोल्डकपको उपाधि ‘लाली रूपन्देही’लार्इ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २७, आईतवार ०७:४६

नेपालगञ्ज : ‘नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता’ को उपाधि लाली रूपन्देहीले जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा ‘सीएमजी क्लब संकटा’लार्इ १-० गोलअन्तरले हराउँदै रूपन्देहीले उपाधि कब्जा ग-यो ।

निकै चर्को गर्मीका बीच बाँकेको खजुरा डिगाउँमा फार्इनल खेल भएको थियो । खेलको ५३ अाैं मिनेटमा जोन ग्लोरीले गरेको गोल नै रूपन्देहीको जितका लागि महत्वपूर्ण रह्यो । त्यसपछिको खेल अविधमा दुवै टीमबाट कुनै गोल हुन सकेन ।

जीतसँगै रूपन्देहीले ५ लाख रूपैयाँ र संकटाले २ लाख ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । रूपन्देहीका कम्तान दीपक गुरूङ प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् र उनले मोटरसार्इकल प्राप्त गरेका छन् ।

यस्तै, रूपन्देहीकै राजबाबु मगर उत्कृष्ट गोलकिपर र युद्द शाही उत्कृष्ट रक्षक घोषित भएका छन् । संकटाका साैजन रार्इ उत्कृष्ट मिडफिल्डर र शान्त गुरूङ उत्कृष्ट फरवार्ड घोषित भर्इ जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु