वर्तमान सरकार ५ वर्ष टिक्छ – दाहाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३० गते, बुधबार ०५:४७

चितवन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताउनुभएको छ ।भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै उहांँले भन्नुभयो, “अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।”स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए । उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा यस्ता छन

काठमाडौं- प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा यस्ता छन |प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ ।

भ्रमणका एजेन्डा

-मितेरी र रसुवागढी पुल निर्माण सम्झौता

-गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन

-किमाथांका अरुण जलविद्युत् आयोजना

-‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा

-काठमाडौं–केरुङ रेलमार्ग निर्माण समझदारी

-रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु