एउटै खेलमा एउटै क्लबका ३ खेलाडीको ह्याट्रिक, जर्मन कप फुटबलमा अाश्चर्यजनक घटना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ४ गते, सोमबार ०६:४१

काठमाडाैं ।

जर्मन कप फुटबल डिएफबी पोकलको पहिलो चरण अन्तर्गत आइतबार बेलुका भएको खेलमा बोरुसिया मोन्चेङ्ग्लाड्बाचले बिएससी हास्टेड्टलाई ११-१ गोल अन्तरमा हराएको छ।

उक्त खेलमा मोन्चेङ्ग्लाड्बाचका तीन खेलाडीले ह्याट्रिक गरे ।

बुण्डेस लिगा क्लब बोरूसिया मोन्चेङ्ग्लाड्बाचले पाँचौं लिग क्लब बिएससी हास्टेड्टविरूद्ध गोल वर्षा गर्ने क्रममा तीन खेलाडीले ह्याट्रिक गरेका हुन्।

पहिलो हाफमा ६ गोल गरेको बोरूसियाले दोस्रो हाफमा थप पाँच गोल गरेको थियो।

बोरूसियाका लागि थोर्गन हजार्ड, एलासानी प्लेए र फाफाएलले ह्याट्रिक गरेका। यस्तै, नेउहाउस र होफम्यानले एक एक गोल गरे । बिएससीका लागि कुकुकले एक गोल फर्काउन सफल भए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु