चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

अभ्यासका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ४, सोमबार ०७:०६

मलेसियामा आयोजना हुने एसीसी एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि राष्ट्रिय टोली श्रीलंका प्रस्थान गर्नेभएको छ ।अगस्ट २८ देखि मलेसियामा हुने एसीसी एसिया कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गर्ने भएको हो ।

सभामुख कृष्णबहादुर महराले राष्ट्रिय टोलीलाई बिदाई गर्ने कार्यक्रम छ । कप्तान पारस खड्काको नेतृत्व र उपकप्तान ज्ञानेन्द्र मल्लसहितको १८ सदस्यीय टोली श्रीलंका जाने छन् । यस्तै, बैकल्पिक खेलाडीमा चार खेलाडी छन् ।

अभ्यास सकेपछि नेपाली टिम अगस्ट २७ मा मलेसिया प्रस्थान गर्नेछ । अभ्यास खेलमा राष्ट्रिय टोलीले त्यहाँको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसँग अभ्यास खेल खेल्नेछ ।

एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागि टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु