रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

फेसबुकको विज्ञापनमा कर लगाउन विकास समितिको निर्देशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ४, सोमबार ०९:५७

संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन सञ्चार मन्त्रायललाई भनेको छ ।समितिले टेलिभिजनमा क्लिन फिड नीति अख्तियार गर्ने सरकारको कार्यक्रम भए पनि कार्यान्वयन निकै सुस्त देखिएको भन्दै त्यसलाई प्राथमिकता दिई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै काभ्रेमा रहेको आईटी पार्कलाई उद्देश्य बमोजिम प्रयोग गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।सञ्चार तथा सूचना प्रविधिमा सकेसम्म न्युन रुपमा तार प्रयोग गर्ने वातावरण बनाउन र पोल, तार र बीटीएस टावरको सहप्रयोगको व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु