मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

प्रधानमन्त्री र मन्त्रीहरु माफीयाबाट सञ्चालन भएका छन् : जितेन्द्र देव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ५ गते, मंगलवार १४:२४

काठमाडौं, ५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्री कार्यालय र हरेक मन्त्रालयहरु माफियाहरुले चलाएको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकार त कम्युनिष्ट नामधारीमात्रै हो । कामधारी होईन् । सरकारसँग दुई तिहाई भएकोले केही गर्छकी भन्ने आशा थियो । तर, केहीपनि गर्न सकेन्।’

पूर्वमन्त्रीसमेत रहेका सांसद देवले सरकारले सिण्डिकेट र सुन काण्डमा कति राम्रो गर्यो भन्ने देखिएपनि रिजल्ट जिरो आएको आरोप लगाए । उनले भने,‘वास्तवमा बाबुरामजी र सिपी मैनालीले भनेजस्तै यो सरकार दलाल, पुँजीपतिमात्रै नभएर आसेपासे पुँजीपतीको पछि लागेको छ । त्यस्ता पुँजीपतीहरुको यो सरकारले संरक्षण गरिरहेको छ।’

 

सदस्यता पार्टीको माफियाकरण शिक्षा, स्वास्थ्य र हवाई क्षेत्रको गर्नेहरुले सरकारलाई घेरेको र निर्देशित गरेको उनको आरोप छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिश न्यायाधीश दिपकराज जोशीको नाम अस्विकृत गरेलगत्तै बल्ल संसदीय सर्वोच्चताको पुष्टि भयो भनेर दिएको अभिव्यक्ति सुनाउँदै देवले भने,‘हाम्रो संविधानले मुलुक संवैधानिक सर्वोच्चतामा चल्ने भनेको छ । तर, उहाँले समितिको उक्त निर्णयलाई लिएर संसदीय सर्वोच्चता देखाईयो भन्नुभयो । उहाँको यस्तै अभिव्यक्ति आउने हो भने अनि कसरी संविधान लागु हुन्छ ?’

सुनुवाई समितिमा रहेका सत्ताधारी सांसदहरुले समितिमा सरकारले गरेका निर्णयहरु न्यायालयले उल्टाएकोमा आपत्ति जनाउँदै यस्तो पनि न्यायालय हुन्छ भन्दै प्रश्न गरेको देवले सुनाए । उनले भने,‘सत्तारुढ दलमा यतिवेला लेनिन र माओजस्तो क्लासिकल चिन्तन हाबी भैरहेको छ । संविधानको प्रस्तावनामा नै न्यायालय स्वतन्त्र, निश्पक्ष र सक्षम हुन्छ भनिएको छ । तर सत्ताधारी दलका नेता तथा सांसदहरुको न्यायालयप्रति गलत धारणा छ। उहाँहरु स्वतन्त्र, निश्पक्ष र सक्षम न्यायालय हुनुपर्छ भन्ने कुरा स्विकार्न सकिरहनुभएको छैन्। दिपकराज जोशीको घट्ना त सुरुवातमात्रै हो।’

उनले न्याय परिषदमा राजनीतिक व्यक्तिहरु हाबी भएको बताउँदै भने,‘न्याय परिषदमामात्रै होईन, सर्वोच्च अदालतमापनि कार्यकर्ता भर्ती गरिएको छ ।’ यद्धपी उनले यसबारेमा सत्ता पक्ष र प्रतिपक्षी सबै दलहरुले पूर्नविचार गर्नुपर्ने धारणा राखे ।

सुनुवाई समितिबाट अस्विकृत गरिएका दिपकराज जोशीबारे आफ्नो पार्टीलाई कुनै लेनादेना नभएको बताउँदै जोशीको प्रवेशिका प्रमाणपत्रबारे समितिले सन्देहात्मक मात्रै भनेर अस्विकृत गरेको गुनासो पोखे । उनले भने,‘जोशीको प्रमाणपत्रबारे समितिले सन्देहात्मकमात्रै भन्यो, तर यसबारेमा कुनै प्रमाणीकरण गरेन । समिति आँफै भेरिफिकेशन गर्ने फोरम हो त ?, त्यो त होईन । जोशीको सर्टिफिकेट सम्बन्धित निकायबाट भेरिफिकेशन भएन । यदि उहाँको शैक्षिक प्रमाणपत्र गलत सावित भएको भए हामीपनि उहाँलाई प्रधानन्यायाधीश बनाउन हुँदैन भन्थ्यौं । बास्तवमा जोशीलाई अन्याय भएको छ । सत्तारुढ दलले न्यायालयमा योजनाबद्ध रुपमा काम गरिरहेको छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु