ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

कञ्चनपुर घट्नामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार तयार छ : मन्त्री थापा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ९ गते, शनिबार १३:५१

काठमाडौं, ९ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले कञ्चनपुरको घट्नाका बारेमा सरकार गम्भिर रहेको जानकारी दिएकी छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले १३ वर्षीया निर्मला पन्तका हत्यारालाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपुर्ति प्रदान गर्न सरकार गम्भिर रहेको बताएकी हुन ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री थापाले भनिन्,‘पाँच वर्षको लागि स्थिर सरकार बनेको छ, सरकार जनताको जिउ धनको सुरक्षा गर्न संवेदनशील छ, कञ्चनपुरको घट्ना एकदमै दुःखत छ, निर्मलाको हत्यामा संलग्नको पहिचान गर्छौं र कानून अनुसार कारबाही पनि गर्छौं, उक्त घट्नाको बारेमा अनुसन्धान लामो भयो, जनताले शंका गरे, अनि आन्दोलन भयो, सरकारले कञ्चनपुरको प्रहरी प्रशासनलाई फिर्ता बोलाएको छ, त्यहाँ पठाईएका नयाँ प्रशासक र सुरक्षा प्रमुखले समयमै काम गर्छन् ।’

कञ्चनपुर घट्नाको बारेमा बनेको छानविन समितिले तत्काल काम गर्ने बताउदै मन्त्री थापाले घट्नामा संलग्न जोकोहीलाई कानूनको दायारमा ल्याएरै छोड्ने बताईन् । हिजो साँझ गोली चलेर १४ वर्षीय बालकको निधन भएको घट्ना दुःखद् रहेको उनले बताईन् ।

उनले भनिन्,‘हिजोको घट्नाको पनि सरकारले सत्य तथ्य छानबिन गर्छ । र, दोषीमाथि कडा कानूनी कारबाही गर्छ ।’ यद्धपी उनले आन्दोलनलाई राजनीतिक रंग दिन नहुने धारणा राखिन् ।
उनले भनिन्,‘सरकार गम्भिर छ, अपराधीलाई कुनैपनी हालतमा कारबाही हुन्छ,जघन्य अपराधीलाई मृत्युदण्ड दिनमिल्ने हाम्रो कानून छैन्, आवाजहरु उठेका छन्, संविधान अनुसार हामीले बोल्ने हो । कि त संविधान संशोधन गर्नुपर्छ, अनिमात्रै अपराधीलाई मृत्युदण्ड दिन मिल्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु