ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

नेपाली राष्ट्रिय फुटबल टोलीमा ‘जिपिएस ट्रयाकर’ प्रणाली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १० गते, आईतवार ०२:२१

काठमाडाैं ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक आज ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ ।

यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जिपिएस ट्रयाकर’ प्रयोग गरेर प्रशिक्षण गरिएको हो । अन्यत्र धेरै अगाडिबाट यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा यो पहिलो पटक प्रयोग गरिएको हो । यो प्रविधिले साफको मात्र नभइ नेपाली फुटबलको विकासमा सघाउ पुग्ने नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताउनुभयो ।

यो प्रविधिको प्रयोगले खेलाडीको सम्पूर्ण अभिलेख राख्छ, अभ्यासमा खेलाडीको प्रतिक्रिया, गति र सीपबारे जानकारी दिन्छ । थाइल्याण्डमा १० दिने प्रशिक्षण र एशियन गेम्सबाट फर्किएपछि नेपाली टोलीले बिहीबारदेखि अभ्यास शुरु गरेको छ । साफको लागि २९ खेलाडी बन्द प्रशिक्षणमा छन् । साफ च्याम्पियनसीपको समूह ‘ए’ मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेलेर साफको शुरुआत गर्नेछ । नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बङ्गलादेशसँग २३ मा खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु