ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

शहीद धर्म भक्त माथेमा प्रति श्रद्धा सुमन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ माघ १३ गते, सोमबार १३:०४

माघ १३, काठमाडौं । जहाँनिया राणा शासनले १९९७ साल माघ १० देखि १५ गते मृत्यदण्ड दिएका चार शहीद मध्ये वि.स.१९९७ माघ १३ गते काठमाडौंको सिफलमा फाँसी दिइ मृत्युदण्ड दिइएका शहीद धर्म भक्त माथेमाको सम्मानमा आज काठमाडौंको वडा नं ७ सिफलमा श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको छ ।
श्रद्धान्जली सभालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले धर्म भक्त माथेमा लगायत चार जना शहीदहरुले देशका लागि गरेको बलिदान आज पनि राष्ट्रले सम्झिने गरेको बताउँदै उहाँहरुकै कारण देशमा आज परिवर्तन आएको बताउनु भयो ।
सोहि श्रद्धान्जली सभालाई सम्बोधन गर्दै महानगरपालिकाकी उप प्रमुख हरि प्रभा श्रेष्ठ खडगील जन प्रतिनिधिहरुले पनि शहीद हरुको मार्ग दर्शनलाइ अंगाल्न सके मात्र उहाँहरु प्रति सच्चा श्रद्धान्जली हुने बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले काठमाडौं महानगरपालिकाको सहयोगमा छोटो समयमा शहीद धर्मभक्त माथेमाको पुर्ण कदको शालिक तयार गर्न आफुहरु सफल भएको बताउँदै शिल्पकार महेश तुलाधरको प्रयासमा निर्माण गरिएको समेत जानकारी दिनु भयो ।
कार्यक्रममा माथेमा गुठीका अध्यक्ष नरेशमान भक्त माथेमाले पनि शहीद धर्मभक्त माथेमा बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम पछि महागर प्रमुख ,उप प्रमुख लगायत उपस्थित व्यक्तित्वहरुले शहीद धर्मभक्त माथेमाको शालिकमा मार्लापण गरेका थिए ।
धर्मभक्त माथेमाको जन्म वि.स. १९६६ साल असोज ९ गते काठमाडैंको ओमबहालमा भएको थियो । उहाँले भारतको दार्जिलिड.मा शिक्षा आर्जन गर्नु भएको थियो । उहाँ नेपालको प्रजातान्तिक आन्दोलनका नेता मात्रै नभएर नेपालका पहिलो व्यवसायिक शारिरीक सुगठन (प्रोफेसनल बडी बिल्डर) पनि हुनुहुन्थ्यो । उहाँले नेपालमा पहिलो पटक शारिरीक सुगठन प्रविधि भित्राउनु भएको थियो । भारतको कलकत्तामा अध्ययनरत हँुदा उँहा जिमखानामा भर्ना हुनु भएको थियो । यसैगरी कलकत्तामा आयोजना भएको विभिन्न शारिरीक सुगठन प्रतियोगितामा जित हासिल गरि उहाँ बंगाल च्याम्पियन समेत हुनु भएको थियो ।
उँहाले काठमाडौंको आफनै निवास ओमबहलमा जिमखानाको स्थापना गर्नु भएको थियो । उँहा राजा त्रिभुवनका व्यायाम शिक्षक पनि हुनुहुन्थ्यो । राणा शासन बिरुद्ध जनतालाई मुक्त गर्न माथेमाले वि.सं १९९३ सालमा आफनै निवासमा नेपाल प्रजा परिष्दको स्थापना गर्नु भयो । एक दिन राजा त्रिभुवनको उपस्थितिमा काठमाडैंको लैनचौरमा नेपाल प्रजा परिषदको गोप्य बैठक चलि रहेको समयमा उहाँ सहित धेरैजना गिरप्तारमा परे । उँहालाई पछि राणा सरकारले नेपालमा प्रजा परिषद गठन गरि जन मानसमा चेतना फैलाएको अअिभयोगमा शुक्रराज शास्त्रीलाई फाँसी दिएको दुई दिन पछि वि.सं १९९७ साल माघ १३ गते काठमाडौंको सिफलमा बकैनाको रुखमा झुण्डाई मृत्युदण्ड दिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु