दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ असार २०७७, मंगलवार ११:१०
काठमाडौं, असार २ – आज नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ।