• दोष सृष्टिलाई दिने कि दृष्टिलाई : भोगाइ अनौठो छ !

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार १०:३८

    दोष कल्लाइ दिने र दोषी को बन्ने? यहाँ बिश्वास सृष्टिलाई गरम कि दृष्टिलाई, प्राय मानिस यसैमा अन्योल देखिन्छ, भोक्त भोगिहरु अनि उस्तै अनि धेरथोर भोगिहरु पनि उस्तै, म भन्छु दृष्टि गलत तर उ भन्छ सृष्टि गलत अब सृष्टिलाई नै गलत देख्नेहरुलाई त के नै भन्न सकिन्छ? सृष्टि नै गलत हो भनेर किटान नै गरे पछि दृश्टि जाबो बालुवा मै मिल्यो !

    भोग्दै जाम जिन्दगी कतै आँसु त कतै हासो, समानता र बराबरी त कहाँ हुन्छ आफ्नै घरमा छैन बाहिरको दुनियाँ मा खोजेर कहाँ पाउछौ, यसो बुझ्ने गर्छु अग्रजहरु सङ्ग समानताका कुरा, उत्प्रेरणाका कुरा अनि बिश्वासका कुरा तर कुरा टुंगिन्छ दृस्टिमा एउटा जाबो दृष्टि बदल्न नसक्ने समाज भन्छ ” समानता र अधिकार” का कुरा ।आज जहाँ त्यही देखिन्छ बस बाच्नु छ झुकेर या त ढुकेर, सृष्टि बदल्न चाहाने तर दृष्टि बदल्न नचाहनेको कमि छैन यहाँ अझ भनौं म सहि र त गलत भन्नेको त लर्को नै लाग्छ अब भन बराबरी कहाँ छ ?

    समानताको कुरा गरम बर्गियताको कुरा आउँछ बर्गियाताको कुरा गरम अधिकारका कुरा आउँछ अनि त्यो भन्दा ठूलो जातियताको कुरा आउँछ अब भनौं कहाँ छ सृष्टि गलत त यहाँ दृष्टि नै देखिन्छ त ! सुनैकै हो दृष्टि बदल्नु पर्छ ! धेरै देखे अनि धेरै भोगे घरि दुखाइको घरी अभाबको अनि भोगिन्छ यहाँ हेराइको उस्तै । सबै उस्तै हात्तीको देखाउने दात र लुकाउने दात जस्तै छ दुनियाँ हत्तपत्त कुन चाहिँ दात देखाउछ कुन चाहिँ लुकाउछ पत्तै हुन्न । रोग र भोक कुन ठूलो भन्ने कुरा पनि यो कोभिड१९ ले पनि मजैले सिकायो हुनेलाइ पेट भरी नहुनेलाइ खाली हात र आज त्यही गतिमा छ दिन ।

    स्वतन्त्र र सक्षम न्यायपालिकाबाट स्वच्छ न्यायिक प्रक्रियाको अबलम्बन गरि न्याय प्रदान गर्ने ब्याबस्था भएमा मात्र त्यो संबैधानिक प्रतिबद्धता पूरा हुने हो नत्र उत्त संबैधानिक व्यबस्था अन्तर्गत आफ्नो अधिकार वा दायित्वको निरुपण गराउन स्वतन्त्र र सक्षम न्यायिक निकायको साहारा लिने प्रत्येक नागरिकको अधिकार गुमेर गैदिन्छ, बुझौं न तिमी मलाई अनि मैले तिमीलाई ! किन दोष सृष्टिलाई दिनु ?

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु