पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र २२ गते, सोमबार १६:५३

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार २१८ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ३० हजार ६७७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा एक हजार ७३६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १६ हजार २५९ सक्रिय सङ्क्रमित छन् भने क्वारेन्टिनमा ४ हजार ७३९ जना छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु