• प्लाज्माथेरापीको लागि रक्तदान कार्यक्रम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार २२:१९

    बुटवल – बिगत लामो समयदेखि समाजमा कसैलाई पनि रगतको अभाव नहोस् भन्ने हेतुले स्थापना भएको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले कोभिड–१९ (कोरोना भाईरस) महमारीको बीचमा पनि नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

    लियो क्लब अफ नवलपरासी दाउन्ने र नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको संयुक्त आयोजनामा मंगलवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बर्दघाट नगरपालिकाको सहकार्यमा भएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले कोभिड बिरुद्धको संर्घषमा प्लाज्माथेरापीका लागि रक्तदान गरेर संक्रमित भएर निको भएका नगरवासीहरुले निकै सह्रानीय कार्य गरेको बताउनुभयो । उहाँले यो कार्यमा लाग्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

    कार्यक्रममा डा.प्रशान्त आचार्यले संक्रमित भएर निको भएकाहरुको रगतबाट प्लाज्माथेरापी गरी कोरोना बिरुद्ध एन्टिबडी तयार हुने भएको हुदाँ यो निकै महत्वपूर्ण रहेको बताउनुभयो । नियमित रक्तदाता संघ रुपन्देहीले कोरोनाबाट संक्रमित भएर निको भएकाहरुको रगत प्लाज्मा थेरापीको लागि रक्तदाताहरुको खोजिमा सक्रिय रुपमा लागेको छ ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकाल, बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली लायन्सका जोन चियरपर्सन युवराज डुम्रेलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ६ जना कोरोना संक्रमित भएर निको भएकाहरुले रक्तदान गरेका थिए । कार्यक्रम लायन्स क्लब अफ दाउन्ने नवलपरासी अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु