• बृहत् यौनिकता शिक्षा सम्बन्धी ३ दिने तालिम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार ११:१०

    बुटवल – नेत्रहीन युवा संघ नेपाल को आयोजना र नेत्रहीन युवा संघ नेपाल, रुपन्देहीको ब्यबस्थापनमा संचालन गरिएको “बृहत् यौनिकता शिक्षा” सम्बन्धी तिन दिने online तालिम सम्पन्न भएको छ । उक्त तालिम, दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई Online Platform Zoom को माध्यम बाट दिएको थियो ।

    आश्विन १२ गते देखि सुरु भएको तालिम, यौन, यौनिकता र लैङ्गिकता जस्ता विषयवस्तुहरूमा केन्द्रित थियो । तालिम समुदघाटन रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले गर्नु भएको थियो भने सन्चालन लक्ष्मी पाण्डेले गर्नु भएको थियो। तालिममा स्वास्थ्य परियोजना का कर्मचारी कविता बस्नेत र निलु महर्जनले प्रत्यक्ष रुपमा अनुगमन ,परामर्श तथा सरसल्लाह प्रदान गर्नु भएको थियो। तीन दिने तालिममा प्रशिक्षक किसोर आचार्य र लक्ष्मी पाण्डेले सहजीकरण गर्नु भएको थियो ।

    सहजकर्ता हरुले यश भन्दा पहिलै केन्द्रिय कार्यालयको आयोजनामा दश दिन सम्म संचालन भएको बृहत् यौनिकता शिक्षा सम्बन्धी तालिम लिनु भएको थियो । उक्त तालिममा झापा , काठमाडौ, कास्की र रुपन्देही जिल्ला बाट सारिरिक, दृष्टि र सुनाइ सम्बन्धी अपाङ्गता भएका २/२ ब्यक्तिहरुलाई छनोट गरि TOT तालिम दिएको थियो, जसमा रूपन्देही जिल्ला बाट हाल सम्पन्न भएको तालिमका सहज कर्ता किशोर आचार्य र लक्ष्मी पाण्डेय छनोटमा पर्नु भएको थियो ।सोही तालिम अनुरुप आफ्नो छेत्रमा रहेका १३ देखि २५ बर्ष उमेर समुहका अपाङ्गता भएका किशोर-किशोरी तथा युवाहरुमा पुनर्ताजगी तालिम स्वरुप रुपन्देही जिल्लामा २५ जनाको सहभागिता मा तालिम संचालन गरिएको थियो ।

    तालिममा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, एवं बृहत यौनिकता शिक्षा र तेसका आठ अवधारणाको विषयमा छलफल गरिएको कुरा प्रशिक्षक द्वय किशोर आचार्य र लक्ष्मी पाण्डेयले बताउनु भएको थियो । जस अन्तर्गत किशोरावस्था र उनीहरूको आवश्यकता, बृहत् यौनिकता शिक्षा र यसको औचित्य, लैङ्गिकताको समझ, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार, यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयहरूमा छलफल गरि, स्वास्थ्य र निरोगी ताका लागि सीपहरू समेत सिकाइएको थियो ।

    त्यस्तै बढ्दै गइरहेको हिंसा, सहमति, गोपनीयता र शारीरिक अखन्दता, र सूचना एवं संचार प्रविधिहरूको सुरक्षित प्रयोगबारेमा छलफल गरि, हिंसा र यसबाट सुरक्षित रहने कुराहरूको विषयमा सहजि करण गरिएको थियो । केही चुनौती र कठिनाइहरू देखिए पनि, तालिम सहज, मर्यादित र सफल्तापूर्वक सम्पन्न भएको बताउँदै, यस्तै खालका कार्यक्रमहरू सञ्चालन गर्न आफ्नो संस्था र तहबाट आफू सधैँ लाग्ने कुरा नेपाल नेत्र हीन युवा सँग, रुपन्देही साखाका अदक्ष टीकाराम पौडेलले जानकारी गराउनु भएको थियो । त्यस्तै तालिम व्यवहारिक, उपयोगी, प्रभावकारी र उत्क्रिस्ट भएको कुरा उक्त तालिमका सहभागी, भूमा खरेल, कुशल आचार्य र लिला पाण्डेयले बताएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु