बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

एनआरएनए सातौं मध्यपूर्व क्षेत्रीय भेला अक्टोबर १६ र १७ मा, तयारी पुरा-गुरुङ, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उदघाटन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन २९ गते, बिहीबार ११:०१

काठमाडौं -अक्टोबर १६ र १७ मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वको सातौ क्षेत्रीय भेलामा मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्नेमात्र नभइ संभावनाहरु पनि खोजिनुपर्ने एनआरएन अभियन्ताहरुले सुझाव दिएका छन् । एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतार दोहाबाट आयोजना हुन लागेको भर्चुअल भेलामार्फत मध्यपूर्वमा रहेका नेपालीहरुको ज्ञानसीपलाई नेपालले भरपुर सदुपयोग गर्न सोही अनुरुपको खाका बनाएर सरकारलाई झकझक्याउनु पर्ने सुझाव एनआरएन अग्रजहरुले दिएका छन ।

बुधबार भएको पत्रकार सम्मेलनमा एनआरएनए आइसीसी सचिव आरके शर्माले मध्यपूर्वका नेपालीहरुमा समस्या होइन संभावना , ज्ञान, सीप पनि रहेकाले सोही अनुरुपको खाका तयार गरिनुपर्ने औंल्याए । उनले भने, ‘हामीले पठाएको रेमिट्यान्स राष्ट्र निर्माणमा लगाउन हामी इच्छुक छौं । भौतिक निर्माणका लागि लगानी गर्न हामी तयार छौं । त्यसैले हामी संभावना पहिचान गरौं ।’

एनआरएनएका सल्लाहकार टी बी कार्कीले एनआरएनएको उद्देश्य अनुरुप यतिबेला विगतको तुलनामा मुद्दाहरु फेरिएकाले पहिलेका घोषणा गरेका एजेन्डा र कोभिडपछिको अवस्थाका बारेमा विश्लेषण गरेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘नेपाल फर्किएका नेपालीहरुका बारेमा सरकार र एनआरएनएको सहकार्य गरेर कसरी अघि बढने भन्ने विषयमा बहस हुनु जरुरी रहेको छ ।’एनआरएनए प्रवक्ता डिबी क्षेत्रीले एनआरएनको आगामी कार्यदिशा र स्मार्ट एनआरएनए कस्तो बनाउने भन्ने विषयमा भेलामा ब्यापक छलफल हुनुपर्ने बताए । ‘मध्यपूर्वका देशमा रोजगारीका लागी पुगेका नेपालीहरुलाई विचरा र मध्यम बर्गीय भन्नुभन्दा पनि स्वावलम्वी नेपाली भनेर सम्बोधन गर्नु जरुरी छ’, उनले भने, ‘हाम्रो सीप, पूँजी र वर्गलाई नीति निर्माण तहमा पु-याउन भेलामा घनीभूत छलफल हुनु जरुरी छ ।’

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले मध्यपूर्वमा सपना बोकेर आउने नेपालीहरुको सीपलाई कसरी ब्यवस्थापन गर्नेभन्ने बारेमा ब्यापक बहस हुनुपर्ने बताए । भेलाबाट निस्केको निष्कर्षलाई नेपाल सरकारसँग पुरयाउनु पर्ने र सीप सिकेर नेपाल पुगेकालाई स्वरोजगारको ब्यवस्था गर्न सरकारलाई दबाब दिनुपर्ने उनले बताए ।

एनआरएनए बहराइनकी अध्यक्ष लक्ष्मी गिरिले चोरबाटो भएर खाडी मुलुकमा नेपाली चेलीहरुलाई ल्याउने र घरेलु हिंसा गर्नेक्रमलाई रोक्नेगरी खाका तयार गर्नुपर्ने सुझाव दिइन् । कोभिडका कारण रोजगारी गुमाएर स्वदेश पुगेका नेपालीहरुलाई स्वरोजगारको ब्यवस्था गर्न दबाब सिर्जना गर्नुपर्ने गिरीले बताइन् ।
पत्रकार सम्मेलनमार्फत एनआरएनए मध्यपूर्व संयोजक प्रविन गुरुङका साथै उप संयोजकद्वय मनोज गोर्खाली तथा राजेन्द्र अर्याल (जोन) ले मध्यपूर्वका नेपालीहरुका समस्या र संभावना, स्वदेश फर्किएका नेपालीहरुले सिकेको सीपलाई सदुपयोग गर्न सोही अनुरुपको खाका भेलाले तयार पार्ने जानकारी दिए उनीहरुले मध्यपुर्बका नेपालीहरुको राज्यले सम्मान गर्नुपर्ने बताए ।

कार्यक्रममा धारणा राख्ने अधिकांश वक्ताहरुले कोभिडको महामारीमा नेपाल सरकारको भूमिका जिम्मेवार नभएको, नेपालीहरुको समयमा उद्धार गर्न सरकार चुकेको र उदासीन बनेको बताएका थिए । यस्ता विषयमा आगामी भेलामा गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए ।

कोभिडका कारण मध्यपूर्वबाट झण्डै एक लाखको हाराहारीमा नेपालीहरु फर्किएकाले उनीहरुको व्यवस्थापन गर्न सरकारलाई दबाब दिनेगरी खाका तयार गर्नुपर्ने सुझाव दिइएको थियो । दुई दिनसम्म चल्ने उक्त क्षेत्रीय भेलामा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, श्रममन्त्री रामेश्वर राय यादव साथै एनआरएनएका पदाधिकारीहरुको सहभागिता रहनेछन । मध्यपुर्व युवासंयोजक राज रेग्मीले कोभिडमा एनआरएनएको भूमिका धेरै ठुलो रहेको बताउदै सम्मेलनमा मध्यपुर्बमा रहेका धेरै नेपालीको रोजगारीको बिषयलाई प्रमुख मुद्दा बनाउनुपर्नेमा रेग्मीले जोड दिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु