भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • भैरहवाको पेट्रोल पम्पमा आगलागी हुदा ट्यांकर सहित ३० हजार लिटर डिजल नष्ट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार २२:१३

    बुटवल- रुपन्देहीको भैरहवामा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेकाे साे सप्लायर्समा इन्धन बाेकेर आएको ट्यांकरबाट ट्यांकीमा तेल खनाउने क्रममा ट्यांकरमा आगलागी भएकाे छ ।

    आगलागीका कारण लु २ ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट भएको छ भने  ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानाएको छ ।

    त्यसैगरी आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

    आगलागीपछि सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका,बुटवल उपमहानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट आएका दमकलले आगाे निभाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु