• फेरि लाग्यो अर्को ट्याङकरमा आगो, किन पटक-पटक दोहोरिएको छ यस्तो घटना ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १५:३५

    बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ७ भलवारीस्थित नेपाल आयल निगम सम्भावित ठुलो क्षती हुनबाट जोगिएको छ ।आयल निगमको डिपोभित्र रहेको पेट्रोल ट्याङकरमा आगलागी भएपनि तत्काल नेपाली सेना र त्यहा रहेको कर्मचारीहरुको प्रयासमा नियन्त्रणमा आएको छ ।

    भारतबाट ल्याईएको पेट्रोल डिपोमा चेकजांच गरेर निस्किने क्रममा गेटमै विहिबार पौने दुई बजेतिर अकस्मात आगलागी भएको थियो । त्रिवेणी कुमार यादवको पेट्रोल भरिएको लु १ ख ८१४५ नं. ट्याङकरको क्याबिनमा आगो लागेको थियो । लागेको आगो निगमको डिपो भित्रै रहेको दमकलले नियन्त्रणमा लिएको आयल निगमका एक कर्मचारीले बताए । आगलागीबाट ट्याङकरको क्याबिन पूर्ण रुपमा जले पनि ट्याङकर भने भाग्यवश आगो लाग्नबाट जोगिएको छ ।

    क्याविन बाहिर ट्याङकरमा आगो सल्किएको भए ठूलो क्षती हुन सक्थ्यो । तर डिपो भित्रै रहेको दमकलले तत्काल आगो नियन्त्रणमा लिएको कारण निगमको डिपो सम्भावित ठूलो आगलागी हुनबाट जोगिएको छ । आयल निगम भलवारी शाखाले भने आगलागीको घटना गुपचुप पार्ने प्रयास गरेको छ । निगमले आगलागीबारे बताउन चाहेन । यसअघि गत सोमबार सांझ भैरहवास्थित एभरेष्ट पेट्रोल पम्प परिसरमै रहेको ट्याङकरमा पनि आगलागी भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु