काठमाडौं । नेपालको नम्बर वान ब्युटी सैलुन फेसियल हाउसले यो वर्षको दिक्षान्त समारोह सम्पन्न गरेको छ ।
फेसियल हाउसबाट सौन्दर्यकलासम्बन्धी सिपमूलक तालिम लिएका विद्यार्थीहरूलाई दिक्षित गर्न समारोह आयोजना गरिएको हो । समारोहमा सिप हासिल गरेका ४६ जनालाई दिक्षित गरिएको छ ।
फेसियल हाउसबाट यो वर्ष १८० जनाले यस्तो तालिम लिएका थिए । तर, तालिम लिएकामध्ये अधिकांश दिक्षान्त समारोहअघि नै रोजगारीको खोजी गर्दै विभिन्न देश गइसकेकाले समारोहमा ४६ जनालाई मात्र दिक्षित गर्न सकिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटिसियन सुष्मा महराले जानकारी दिइन् ।
फेसियल हाउसले हरेक वर्ष साढे दुईसय जना जतिलाई यस्तो तालिम प्रदान गर्दै आएकामा यो वर्ष केही संख्या घटेको हो । ‘हामीले हरेक वर्ष २४० देखि २५० जनासम्मलाई यस्तो तालिम दिएर पासआउट गर्ने गरेका थियौँ । तर, यो वर्ष विविध परिस्थितिका कारणले हुनसक्छ त्यो संख्या केही घटेको छ,’ प्रबन्ध निर्देशक महराले भनिन्, ‘पहिला सिप सिकेर नेपालमै आ–आफ्नो गृहनगरमा गएर स्वरोजगार बन्ने वा रोजगारी गर्ने चलन थियो । तर, पछिल्लो समय त्यस्तो प्रवृत्ति हराउँदै विदेश जाने क्रम बढेको छ ।
सिप सिकेकामध्ये धेरै कमले मात्र स्वदेशमै काम गरिरहेको र अधिकांश विदेसिएको उनको भनाइ छ । अहिले दिक्षित भएका विद्यार्थीहरू पनि ढिलोचाँडो विदेशकै तयारी गरिरहेको महराले जानकारी दिइन् ।
यसैबीच फेसियल हाउसको दिक्षान्त समारोहमा दुईवटा केक काटिएको छ । त्यसमध्ये एउटा सत्यको जित भएको खुसीयाली र अर्को सिप प्राप्त गरेका विद्यार्थीहरूको उज्वल भविष्यको कामना गर्दै ‘बेष्ट विसेस फर दि फ्युचर’को नाममा काटिएको हो । महराविरुद्ध अध्यागमन विभागकी कर्मचारी बन्दना कर्णले हालेको मुद्दा जितेको खुसीयालीलाई ‘सत्यको जित’भन्दै केक काटिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् ।
ब्युटिसियन संघले भन्यो,‘शाखा अधिकृत कर्णविरुद्धको मुद्दामा न्याय पायौं’
ब्युटिसियन संघले भन्यो, ‘शाखा अधिकृत कर्णविरुद्धको मुद्दामा न्याय पायौं’