दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हामी नेपाली ग्लोबल’ न्न्युयोर्कको तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न, अदिप तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ६ गते, आईतवार १३:४०

अक्कल तामाङ

न्युयोर्क, ज्याक्सन हाइट्स — ‘हामी नेपाली ग्लोबल, यूएसए – न्युयोर्क सब–च्याप्टर’ को तेस्रो अधिवेशन आज ज्याक्सन हाइट्समा भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकाल (2026–2029) का लागि 20 सदस्यीय विशाल कार्यसमिति तथा विभागीय समितिहरू चयन गरेको छ, जसले संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रमको पहिलो चरण तत्कालीन अध्यक्ष विरेन्द्र जङ्ग के सीको सभापतित्वमा सम्पन्न भएको थियो भने दोस्रो चरण नव–निर्वाचित अध्यक्ष अदिप तामङको सभापतित्वमा आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अ्मृत लामा रहनु भएको थियो भने विशिष्ट अतिथि न्युयोर्कको अगामी निर्वाचन डिष्ट्रीक्ट 30 एसेम्पब्लि सदस्य उम्मेदवार सोमनाथ घिमिरे हुनुहुन्थ्यो। त्यसैगरी अतिथिहरूमा सस्थाका केन्द्रीय प्रवक्ता केशब राम राइ, केन्द्रीय सदस्य अक्कल तामङ, अ्मेरिकाको अध्यक्ष सोभाकान्ता पाण्डे, तामाङ सोसाइटी अफ अ्मेरिकका महासचिव चादानी लामा, नेवा नखका महासचिव तुलसि नाथ चित्रकार तथा सामाजिक व्यक्तित्व विनोद चापागाइको उपस्थिति रहेको थियो ।

आफ्नो मन्तव्य दिनु हुदै प्रमुख अतिथि अमृत लामाले संस्थाको स्थापना किन र कसरी भयो भन्ने विषयमा स्पष्ट पार्दै संस्थाको उद्देश्य र भविष्यको दिशा प्रस्तुत गर्नुभयो ।

विशिष्ट अतिथि सोमनाथ घिमिरेले आगामी निर्वाचनमा नेपाली समुदायबाट भोट, सहयोग तथा स्वयंसेवाको अपिल गर्दै आफू निर्वाचित भएमा समुदायको हरेक सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केन्द्रीय प्रवक्ता केशव राम राईले नवगठित कार्यसमिति जुझारु र ऊर्जावान युवा भएको उल्लेख गर्दै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, आपतकालीन कोष स्थापना गर्न सुझाव दिनुभयो ।

सामाजिक अभियन्ता अक्कल तामाङले संस्था, समाजसेवा र सामाजिक कार्यको वास्तविक अर्थ स्पष्ट पार्दै सदस्यहरूलाई संस्थामा आवद्ध हुँदा प्राप्त हुने फाइदाको बारे प्रकास पार्नु भयो ।

कार्यक्रमको समापन गर्दै नव–निर्वाचित अध्यक्ष अदिप तामाङले संस्थाको विधान र परिधिभित्र रहेर सबै सदस्यहरूसँग सहकार्य गर्दै प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आफूलाई निर्विरोध अध्यक्ष चयन गरेकोमा सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्नु भयो ।

कार्यक्रमको उद्घाटन ‘हामी नेपाली ग्लोबल अमेरिका’ का अध्यक्ष शोभाकान्त पाण्डेको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रम सञ्चालन NRNA न्युयोर्क च्याप्टरका सचिव दीपर्शन प्रसाईँले गर्नुभएक थियो ।

यस अधिवेशनले न्युयोर्कमा नेपाली समुदायलाई अझ संगठित, सशक्त र सेवा–मुखी बनाउने स्पष्ट संकेत दिएको छ। नयाँ नेतृत्व र सक्रिय कार्यसमितिको साथमा ‘हामी नेपाली ग्लोबल’ ले सामाजिक, सांस्कृतिक तथा आपतकालीन सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु