गोल्जुङको काखमा फक्रिएको आशा : आमासँगै हुर्कने नयाँ जीवन र राज्यको अभिभावकत्व⚡प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार⚡घोप्ट्याएको भात : परम्परा, संस्कृति र आजको फेसन⚡बिहीबारको दिन तपाईंका लागि कस्तो रहला? हेर्नुहोस् आजको राशिफल⚡एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ गतेदेखि⚡यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित⚡राउटे समुदायसँग मन्त्री बादीको आत्मीय भेट, शिक्षा–स्वास्थ्यदेखि सुरक्षित आवाससम्म छलफल⚡शान्तनुको उपचार, पुनर्स्थापना र परिवारको भविष्यमा सरकारको चासो⚡नेपाल-फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड⚡Nepal-Sri Lanka Chamber Elects New Leadership, Shrestha Honored with outstanding Award

एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ गतेदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर १० गते, बिहीबार ५:१६

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ जिल्लामा पुर्‍याइनेछ।

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्‍याउन लागिएको बताए। यसमार्फत उपाधि जितको खुसी समर्थक र स्थानीय समुदायसँग बाँड्ने रोयल्सको योजना छ।

ट्रफी टूर मंसिर १३ गते अछाम र बाजुराबाट सुरु हुनेछ। बिहान ८:३० बजे बैजनाथ मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि बिहान ९:३० देखि ११:३० बजेसम्म बैजनाथ मन्दिरबाट साँफेबगरसम्म र्‍याली हुनेछ। दिउँसो ४ देखि ५ बजेसम्म बाजुराको मार्तडीमा र्‍याली आयोजना हुनेछ।

मंसिर १४ गते डोटी र डडेल्धुरामा कार्यक्रम हुनेछ। बिहान ९ बजे शैलेश्वरी मन्दिरमा ट्रफी पुर्‍याइनेछ भने १० बजेदेखि १२ बजेसम्म शैलेश्वरी मन्दिरबाट दिपायल बजारसम्म र्‍याली हुनेछ। दिउँसो ४ देखि ६ बजेसम्म डडेल्धुरा बजारमा र्‍याली र साँझ ६:३० बजे उग्रतारा मन्दिरमा पूजा गरिनेछ।

मंसिर १५ गते बैतडी र दार्चुलामा कार्यक्रम हुनेछ। बिहान ८:३० बजे निङ्गलाशैनी मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ भने ९:३० देखि ११:३० बजेसम्म गोठलापानीमा र्‍याली हुनेछ। मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरमा बिहान ८:३० बजे ट्रफी पुर्‍याइनेछ। त्यसपछि ९:३० देखि ११:३० बजेसम्म खलंगा बजारमा र्‍याली हुनेछ।

मंसिर १७ गते बझाङको चैनपुर बजारमा बिहान ८:३० देखि १०:३० बजेसम्म र्‍याली आयोजना हुनेछ। मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा दिउँसो १२:३० बजे ट्रफी पुर्‍याइने कार्यक्रम छ।

मंसिर १९ गते कैलालीको टीकापुर पार्कमा बिहान ८:३० बजे ट्रफी प्रदर्शन हुनेछ। त्यसपछि बिहान १० बजे चिसापानी, ११:३० बजे लम्की, १२:३० बजे घोडाघोडी ताल र दिउँसो २ बजे अत्तरियामा ट्रफी पुर्‍याइनेछ। दिउँसो ४ देखि ६ बजेसम्म महेन्द्रनगर बजारबाट दोधारा चाँदनी पुलसम्म र्‍याली हुनेछ।

ट्रफी टूरको अन्तिम दिन मंसिर २० गते धनगढीमा कार्यक्रम हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म चौराहाबाट महोत्सव मैदानसम्म र्‍याली आयोजना हुनेछ। साँझ ५ बजे महोत्सव मैदानमा सांगीतिक कार्यक्रमसहित ट्रफी टूर समापन हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु