ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर ८ गते, मंगलवार ५:४१

काठमाडौं । कोरियन सौन्दर्य प्रविधि ‘के–ब्युटी’ विश्व बजारमा आफ्नो प्रभाव विस्तार गरिरहेका बेला नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको यसको व्यावसायिक प्रशिक्षण सुरु हुने भएको छ। नेपाली युवालाई आधुनिक सौन्दर्य प्रविधि, सीप र रोजगारीसँग जोड्ने उद्देश्यले ओपाल ग्लोबल स्किल्स एकेडेमीले विशेष ‘के–ब्युटी’ सेमिनार आयोजना गर्ने भएको हो।

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘के–ब्युटी’ प्रविधिबारे प्रत्यक्ष प्रशिक्षण तथा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको सेमिनारमा कोरियाली ब्यूटी विशेषज्ञ मि क्युङ सियोले प्रशिक्षण दिनेछिन्।आयोजकका अनुसार आगामी ३० नोभेम्बरमा गठ्ठाघरस्थित जर्मन होम होटलमा हुने सेमिनारमा मि क्युङ सियोले ‘के–ब्युटी’का आधुनिक प्रविधि तथा तिनको व्यावहारिक प्रयोगबारे सहभागीलाई प्रत्यक्ष प्रशिक्षण दिनेछिन्।

ओपाल ग्लोबल स्किल्स एकेडेमीका सञ्चालक, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपमहासचिव तथा अस्ट्रेलियाका व्यवसायी गणेश केसीले नेपालमै अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सीप र प्रविधि उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
उनका अनुसार ‘के–ब्युटी’ विश्वभर तीव्र गतिमा विस्तार भइरहेको छ भने नेपालमा पनि यसको माग बढ्दै गएको छ। त्यसैले सौन्दर्य व्यवसायमा आबद्ध व्यक्ति, सैलुन सञ्चालक तथा यस क्षेत्रमा करियर बनाउन चाहने युवायुवतीका लागि सेमिनार महत्वपूर्ण अवसर बन्ने उनको भनाइ छ।

‘अन्तर्राष्ट्रियस्तरको ब्यूटी सीप सिक्न नेपालीहरू विदेश जानुपर्ने अवस्था थियो। अब त्यही प्रविधि र ज्ञान नेपालमै उपलब्ध गराउने प्रयास गरेका छौँ,’ केसीले भने, ‘यसबाट सौन्दर्य व्यवसायीले आफ्नो सेवा विस्तार गर्न र नयाँ पुस्ताले यही क्षेत्रमा व्यावसायिक करियर बनाउन सक्नेछन्।’
दिनभर सञ्चालन हुने सेमिनारमा Lash Perm, Aesthetic Care, Laser, Carbon Peeling तथा Semi-Permanent Makeup लगायतका आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण दिइनेछ। सैद्धान्तिक जानकारीसँगै व्यावहारिक प्रशिक्षणलाई समेत प्राथमिकता दिइने आयोजकले जनाएको छ।
सेमिनारमा सहभागी हुन ६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। सहभागीले खल्ती एप वा आयोजक संस्थाले उपलब्ध गराएको क्यूआरमार्फत टिकट लिन सक्नेछन्। कार्यक्रममा अधिकतम २५० जनासम्म सहभागी हुन पाउनेछन्।

प्रशिक्षणमा सहभागी सबैलाई कार्यक्रम सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। विशेषगरी स्किन केयर व्यवसायी, ब्यूटी व्यवसायी, सैलुन सञ्चालक तथा सौन्दर्य क्षेत्रमा भविष्य बनाउन चाहने युवायुवतीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो।
सेमिनारबाट छनोट हुने २० जनालाई ओपाल ग्लोबल स्किल्स एकेडेमी, मैतीदेवीमा थप अध्ययन तथा प्रशिक्षणको अवसर समेत प्रदान गरिनेछ। यसले एकदिने सेमिनारलाई केवल जानकारीमूलक कार्यक्रममा सीमित नराखी थप व्यावसायिक सीप विकासको अवसरसँग जोड्ने आयोजकको भनाइ छ।

ओपाल ग्लोबल स्किल्स एकेडेमीले यसअघि पनि मि क्युङ सियोको सहभागितामा निःशुल्क ‘के–ब्युटी’ वेबिनार सञ्चालन गरिसकेको छ। उक्त वेबिनारमा सहभागीलाई कोरियन सौन्दर्य प्रविधि, आधुनिक सौन्दर्य सेवाका अभ्यास तथा यस क्षेत्रमा करियर निर्माणका सम्भावनाबारे जानकारी दिइएको थियो।
एकेडेमीले नेपालमै ‘के–ब्युटी’ सम्बन्धी अन्तर्राष्ट्रियस्तरको तालिम तथा प्रमाणपत्र प्राप्त गर्ने अवसर उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। कोरियाली विश्वविद्यालयबाट ‘के–ब्युटी’ सम्बन्धी प्रमाणपत्र प्राप्त गर्ने अवसरसमेत उपलब्ध हुने जनाइएको छ।

‘International Standards Beauty Academy in Nepal’ भन्ने अवधारणासहित अघि बढेको ओपाल ग्लोबल स्किल्स एकेडेमीले नेपाली युवालाई विश्वस्तरीय सौन्दर्य क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
काठमाडौंको मैतीदेवी, सेतोपुलमा रहेको एकेडेमीले आधुनिक सौन्दर्य प्रविधिलाई व्यावसायिक सीपसँग जोड्दै रोजगारी तथा स्वरोजगारका अवसर विस्तार गर्ने अभियान अघि बढाएको जनाएको छ।
आयोजकका अनुसार ३० नोभेम्बरमा हुने ‘के–ब्युटी’ सेमिनारले नेपालमा कोरियन सौन्दर्य प्रविधिको व्यावसायिक प्रशिक्षण र बजार विस्तारका लागि नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु