अनामनगरमा खुल्दै मेडिटेरानियन फुड, स्वास्थ्यवर्द्धक परिकारमा जोड⚡सुनापति पर्यटन महोत्सवको घोषणा, १५ हजार पर्यटक भित्र्याउने लक्ष्य⚡गोल्जुङको काखमा फक्रिएको आशा : आमासँगै हुर्कने नयाँ जीवन र राज्यको अभिभावकत्व⚡प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार⚡घोप्ट्याएको भात : परम्परा, संस्कृति र आजको फेसन⚡बिहीबारको दिन तपाईंका लागि कस्तो रहला? हेर्नुहोस् आजको राशिफल⚡एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ गतेदेखि⚡यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित⚡राउटे समुदायसँग मन्त्री बादीको आत्मीय भेट, शिक्षा–स्वास्थ्यदेखि सुरक्षित आवाससम्म छलफल⚡शान्तनुको उपचार, पुनर्स्थापना र परिवारको भविष्यमा सरकारको चासो

अनामनगरमा खुल्दै मेडिटेरानियन फुड, स्वास्थ्यवर्द्धक परिकारमा जोड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर १० गते, बिहीबार २१:३२

काठमाडौं । काठमाडौंको अनामनगरमा मेडिटेरानियन फुड प्रालि चाडै सञ्चालनमा आउने भएको छ। भूमध्यसागरीय खानाको स्वाद, स्वास्थ्यवर्द्धक परिकार र गुणस्तरीय सेवामार्फत नेपाली उपभोक्तालाई नयाँ खानाको अनुभव दिने मुख्य उद्देश्यसहित कम्पनीले आफ्नो सेवा सुरु गर्न लागेको हो ।

मेडिटेरानियन फुडले स्वास्थ्यलाई ध्यानमा राखेर तयार गरिएका स्वादिष्ट तथा आकर्षक भूमध्यसागरीय परिकारहरू नेपाली उपभोक्तामाझ प्रस्तुत गर्ने जनाएको छ। पछिल्लो समय नेपाली बजारमा विभिन्न अन्तर्राष्ट्रिय खानाका परिकारप्रति उपभोक्ताको रुचि बढिरहेका बेला मेडिटेरानियन फुडले मौलिक स्वाद र नयाँ परिकारमार्फत आफ्नो पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ।

कम्पनीका अनुसार खानाको स्वादसँगै स्वास्थ्य, गुणस्तर र आकर्षक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। ग्राहकलाई फरक स्वाद र खानाको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले विविध भूमध्यसागरीय परिकार उपलब्ध गराउने तयारी गरिएको छ। अनामनगरबाट सेवा सुरु गर्न लागेको मेडिटेरानियन फुडले नयाँ स्वाद खोजिरहेका नेपाली उपभोक्ताका लागि भूमध्यसागरीय खानाको अनुभवलाई सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरेको छ।

कम्पनीले आफ्नो सेवा छिट्टै औपचारिक रूपमा सुरु गर्ने जनाएको छ। स्वाद, स्वास्थ्य र नयाँपनलाई केन्द्रमा राखेर नेपाली बजारमा प्रवेश गर्न लागेको मेडिटेरानियन फुडले खानाको पारखीका लागि नयाँ विकल्प थप्ने देखिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु