दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्वच्छ, सफा र हराभरा धुवा धुलोरहित वडा बनाउने अभियान’ अन्तर्गत कुमारीपाटीमा वृक्षारोपण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १० गते, मंगलवार १५:१६

ललितपुर, १० भाद्र – ललितपुर महानगरपालिका ०५ द्वारा संचालित ‘स्वच्छ, सफा र हराभरा धुवा धुलोरहित वडा बनाउने अभियान’ अन्तर्गत आज कुमारीपाटीमा वृक्षारोपण गरिएको छ । पूर्व मन्त्री एवं सांंसद पम्फा भुषालले विरुवा रोपण गरि उक्त कार्यक्रमको सुभारम्भ गरेकी हुन ।
महानगरको ५ नंबर वडा र कुमारीपाटी क्लबको तत्वावधानमा आयोजित उक्त वृक्षारोपण कार्यक्रममा ललितपुर महानगरपालिका ०५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, १९ का वडाध्यक्ष बिनोद ताम्राकार, कुमारीपाटी क्लबका अध्यक्ष केशब खड्का, वडा स्थित जनप्रतिनिधी, कुमारीपाटी महिला समुहका सदस्यहरु, स्कुल , कलेज एवं विभिन्न संघ संंस्थाका प्रतिनिधी, वडाबासी लगायतको सहभागीता रहेको थियो ।

उनीहरुले लगनखेल – जावलाखेल सडक खण्ड अन्तर्गत पर्ने कुमारी पाटी क्षेत्र स्थित दक्षिण तर्फको सडक छेउमा सामुहिक रुपमा वृक्षारोपण गरेका थिए ।

सोही अवसर माझ आयोजित सभालाई संबोधन गर्दै पूर्व मन्त्री भुषालले नगर क्षेत्र स्थित घना बस्ती र आसपासका क्षेत्रको वातावरणिय अवस्थालाई अनुकुल बनाउन वृक्षारोपण कार्य अपरिहार्य शर्त बन्दै गई रहेको अौल्याउदै महानगरको ५ नंबर वडाद्वारा संचालित स्वच्छ, सफा र हराभरा धुवा धुलोरहित वडा बनाउने अभियानको स्वागत समेत गरिन् ।

त्यस्तै, ललितपुर महानगरपालिका -०५ का वडाध्यक्ष बिकासमान श्रेष्ठले नगर क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउन अभियान संचालन गरिएको र यसमा सबैको साथ आवश्यक रहने भन्दै सरोकारवाला सबैलाई अभियानमा जोडिन आग्रह समेत गरे ।

ललितपुर १९ वडाका वडाध्यक्ष बिनोद ताम्राकारले १९ वडासंगै जोडिएर रहेको ०५ नंबर वडाद्वारा संचालित हरित अभियान प्रति एेक्यबद्धता जनाउदै लगनखेल – जावलाखेल सडक खण्ड अन्तर्गत पर्ने उत्तर तर्फको सडक पेटीको छेउमा पनि निकट भविष्यमा वृक्षारोपण गरिने बताए ।

कार्यक्रममा आफ्नो मन्तब्य धारणा राख्ने क्रममा कुमारीपाटी क्लबका अध्यक्ष केशब खड्काले हरियालीको महत्व बारे चर्चा गर्दै स्वच्छ, सफा र हराभरा धुवा धुलोरहित वडा बनाउने अभियानमा क्लबको तर्फबाट सदैव साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु