
लण्डन–वाटफोर्ड जनरल अस्पतालमा सिनियर सर्भिस कोअर्डिनेटर सञ्जय पन्त कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर उम्मेदवार भएका छन् । वाटफोर्ड बरो काउन्सिलको होलिवेल वार्डबाट उनको उम्मेदवारी परेको हो ।
आगामी ५ मे का दिन बेलायतमा स्थानीय निर्वाचन हुँदै छ । काउन्सिलर उम्मेदवार पन्तले स्थानीय विकास, जनताका लागि सेवा सुविधा आदिलाई प्राथमिकता दिएका छन् । चितवन भरतपुर महानगर –१० का स्थायी बासिन्दा पन्त विगत १४ बर्षदेखि बेलायतमा छन् । प्राणीशास्त्रमा स्नातकोत्तर गरेका पन्त नेपाली समुदायमा परिचित छन् ।
वाटफोर्डमा अहिले नेपालीको बसोबास पनि बढेको छ । उनले आफु नयाँ सोच र विचारका साथ अगाडी बढेको भन्दै सहयोग गर्न र जिताउन सम्पुर्णलाई आग्रह गरे ।


