दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए साइप्रस र साइप्रस को राजनीतिक अवस्था बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ६ गते, मंगलवार १२:२४

मनिशा अर्याल ,साइप्रस

साइप्रस-गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रस र साइप्रस को विविध पछिल्लो राजनीतिक अवस्था को बारेमा साइप्रस गतिविधि ले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
एनआरएनए साइप्रस का अध्यक्ष कुन्दन कार्की साथै जन सम्पर्क समिति साइप्रस कि सभापति सीता अर्याल अतिथि रहनु भएको उक्त लाइभ कार्यक्रम साइप्रस गतिविधि ले संयोजन गरेको थियो।
पछिल्लो समयमा एनआरएनए माथि पूर्व कार्यसमिति मार्फत हुन र गर्न नसकेका काम प्रति वर्तमान कार्यसमिति ले के कस्ता कार्य हरु गर्दै छ भन्ने विषयमा उठेका प्रश्न को जवाफ एनआरएनए साइप्रस का अध्यक्ष कुन्दन कार्की ले दिनु भएको थियो।
यस्तै पछिल्लो समय प्रवासी नेपालीले अपेक्षा गरेको काम र उनीहरूलाई चाहिने सहयोग को लागि राजनीतिक संघ संस्था ले कस्ता कार्य गरिरहेको छ भन्ने बारे उठेका प्रश्न को जवाफ जन सम्पर्क समिति साइप्रस कि सभापति सीता अर्याल ले दिनु भएको थियो।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साइप्रसका अध्यक्ष कुन्दन कार्की बताउनुहुन्छ। नेपाली महिलाहरुले थुप्रै समस्या भोग्दै आएको र साइप्रसमा महिला कामदारहरु माथि दुर्व्यवहार का घटना दिन-प्रतिदिन बढ्दै गएको मा दुख व्यक्त गर्नुहुन्छ अध्यक्ष कार्की ।

उनले भने, ‘हामीले धेरै दिदी-बहिनीका समस्याहरु सुनिरहेका छौं” अब भने नेपाल सरकार गम्भीर हुन जरुरी छ । चर्को शुल्क तिरेर साइप्रस आउने अवस्थालाई रोक्नुपर्छ कम शुल्कमा सुरक्षित वैदेशिक रोजगारीको अवधारणा सरकारले छिटै ल्याओस् ।’
साथै एनआरएनए साइप्रसको आधिकारिकता, पूर्व कार्यसमिति द्वारा आधिकारिक कागज पत्र अनी सामाजिक सञ्जाल हस्तान्तरण को बारेमा उठेका जिज्ञासा को उत्तर दिँदै कार्की भन्नु हुन्छ ” यो सबै विषयहरू माथि प्रयास भइरहेको र छिट्टै निष्कर्षमा पुग्ने जानकारी दिनु भयो”।त्यस्तै अबैतानिक दूतावास मार्फत हुने गरेका कार्यहरू र सो कार्यहरू मा प्रवासी हरूको आक्रोश लाई कसरी हेर्नु भएको छ भन्ने प्रश्न को उत्तर दिँदै अध्यक्ष कार्की भन्नु हुन्छ ” छिट्टै नै यस्ता कार्यहरूलाई प्रतक्ष्य रूपमा जन सेवामुखी बनाउने र पारदर्शिता कायम गराउने तर्फ अग्रसर हुने छौं”।
साथै नेपाली राजनीति ले गर्दा जोखिमपूर्ण वैदेशिक यात्रा को संख्या वृद्धि भएको र विभिन्न समस्याहरु आइरहेको कुरा जन सम्पर्क समिति साइप्रस की सभापति सीता अर्याल ले बताउनु भयो। उहाँ भन्नु हुन्छ” अस्थिर राजनीतिलाई स्थिर नबनाए सम्म र दक्ष जन शक्ति सरकारले उचित प्रयोग गर्न नसके सम्म विदेशिनु बाध्यता बन्ने कुरा बताउँदै यो एउटा विडम्बापूर्ण कुरा रहेको बताउनु भयो। साइप्रस आइसके पछि श्रमिक, विद्यार्थी जो कोही भए पनि समस्या मा पर्ने प्रवासीलाई सकेको सहयोग र उचित सुझाव सहित समस्या समाधान गरिँदै आएको कुरा पनि जानकारी गराउनु भएको थियो।
उक्त कार्यक्रम साइप्रस गतिविधि ले गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रस को विषय र राजनैतिक पक्षमा समेत विशेष छलफल गरेको थियो।
Zoom भर्चुअल माध्यम बाट भएको उक्त कार्यक्रम साइप्रस गतिविधि कि कार्यक्रम संचालिका मनिशा अर्याल ले संचालन गर्नु भएको थियो ।आगामी दिन हरु मा पनि साइप्रस गतिविधि बाट विविध किसिमको कार्यक्रम प्रशारण गर्ने कुरा कुमार सिंह ले जानकारी दिनु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु