गणेश राना मगरअन्तिम सत्य भनेको आफ्नो अस्त्वीत्व हो । आफनो अस्त्वीत्व अथवा भनौं हाम्रो जिवन भएर त धन, सम्पत्ति, ज्ञान, प्रगति, सफलताको आवश्यकता पर्छ । अब आफु नै छ्रैन भने यस्ता साहो कुरा के का लागि चाहियो ? संसारमा आफु रहनको लागि आप्mनो स्वास्थ्य राम्रो हुनु परेयो । आफनो शरिर अस्वस्थ भयो भने हाम्रो सोंचविचार, विवेक पनि अस्थस्थ हुन्छ । स्वास्थ्य नै सम्पत्ती हो भन्ने बुझौं । मेरो अस्त्वीत्व भएर त परिवार, नातागोता, साथीभाई दुनिया“ छ भन्ने बुभनु अत्यन्त जरुरी हुन्छ । आफुलाई माया गर्नुहोस,आफनो स्वास्थ्यलाई ध्यान दिनुहोस । स्वास्थ्यको लागि खानपिन, रहनसहन, योगध्यान तथा प्राकृतिक जिवनशैलि अपनाऔं र निम्न कुराहरुमा ध्यान दिऔं । १) सरसफाई :– स्वास्थ्यको लागि सरसफाई सबै भन्दा महत्वपूर्ण पक्ष हो । कुनै व्यक्ति कति सभ्य छ भन्ने कुरा उसले सरसफाईमा कति ध्यान दिएको भन्ने कुरामा भर पर्दछ । स्वास्थको लागि आफ्नो व्यक्तिगत सरसफाई र आफु बस्ने कोठा, घर, आ“गन वरिपरिको सफाई दुबैमा ध्यान दिनुपर्ने हुन्छ । आफु बस्ने कोठा,घर, आगन, गल्ली, टोल सफा भएन भने स्वाभाविक रुपमा आखाले देखिने झिंगा, मक्षट, भुसुना र नदेखिने हानिकारक किटाणुहरुले बासस्थान बनाउछन र हामीलाई सजिलै आक्रमण गर्दछन अनि हामी विरामी भईन्छ । जहा“ फोहर हुन्छ त्यहा“ हानीकारक किरा र किटाणुहरु रहेका हुन्छन र तिनीहरु अप्रत्यक्ष रुपमा हाम्रो हात, मुख, नाक, छालाबाट शरिर भित्र प्रवेश गर्दछन अनि विरामी परिन्छ । हामिले खाना खानु भन्दा पहिले हात, खुट्टा, मुख अनिवार्य रुपमा सबुनपानीले धुनुपर्दछ । नङ काट्ने, विहान बेलुका वेसन (चनाको पीठो)ले मुख धुने, खाना खाईसकेपछि दात माझने, विहानमा सकेसम्म नियमित रुपमा नुहाउने, एकदुई पटक लगाएको कपडा धुने, कोठा, आगन, घर सफा राख्ने, दिशा, पिसाव, घरबाट निक्लने फोहरको उचीत व्यवस्थापन गर्ने सरसफाईका आधारभूत कुराहरु हुन । नियमित रुपमा सरसफाई गरेको र नगरेको कुरा सम्बन्धित व्यक्तिको हात, मुख, खुट्टा, छालाको चमकबाट थाहा पाउन सकिन्छ । अनुहार मुखमा माखी बस्ने कारण दिनभरी माखाले अनुहारमा हगिदिन्छ अनि बेलुका आमा बाऊले अनुहार सफा गरिदिदैनन् अनि माखाको दिशा छालामा टासीएर भित्र गढ्छ र कालान्तरमा अनुहारको छालामा कालो छिर्काको रुपमा देखा पर्दछ । हामीले के बुझ्नु जरुरी छ भने वायूमण्डलमा हाम्रो आखाले देख्न नसकिने फोहरका साना–साना कणहरु रहेका हुन्छन र तिनहरु हामिले लगाएको कपडाले नछोपिएको भागमा टासिएर बसेका हुन्छन त्यसैले कपडाले नछोपिएको भाग हात, मुख, खुट्टाको सफाई दैनिक तीन चार पटक गर्नु पर्दछ । वायूमण्डलको प्रभावले गर्दा हाम्रो शरिरको कपडाले छोपेको भाग र नछोपेको भागको र¨नै फरक हुन्छ । स्वस्थ रहनकोे लागि सरसफाई पहिलो आवश्यकता हो । २) पानी हाम्रो शरिरमा ८० प्रतिशत पानीको मात्रा रहेको हुन्छ भने बाकी २० प्रतिशत मात्र अन्य तत्वको । नुहाई, धुवाई तथा शरिरको बाहिरी सरसफाईको लागि पानि नभई हु“दैन । पानीको आवश्यकता शरिरको बाहिरी सफाईको लागि जति छ त्यो भन्दा धेरै शरिरको भित्री सफाईको लागि हुन्छ । जसरी निरोगी र स्वास्थ्यको लागि बाहिरी सरसफाईको आवश्यकता पर्दछ त्यसै गरी भित्री सफाईको आवश्यकता हुन्छ र शरिरको भित्री सरसफाईको लागि प्रशस्त रुपमा पानी पिउनु अनिवार्य छ । स्वस्थ रहन मानिसले दैनिक तीन देखि चार लिटर स्वच्छ र किटाणुरहित पानी पिउनु पर्दछ । विहान विउ“झिनासाथ, खाना खाएको एक घण्टा पछि प्रत्येक घण्टामा तथा भोक लागेको महशुष हुनासाथ पानी पिउनु पर्दछ जसले पेटमा उत्पादन भईरहने अम्ललाइ पातलो बनाई पेट संधै स्वस्थ रहन मद्दत गर्दछ । खानासंग भने पानी धेरै पिउनु हुदैन किनभने धेरै पानीले पाचन रस पातलो हुन्छ र खाना पचाउन गाह्रो हुन्छ । सुख्खा खानासंग भने पानी अलिक बढि पिउनु पर्दछ । शरिरमा पानीको मात्रा कम भएमा मुख सुक्ने, ओंठ सुक्ने, पेट पोल्ने, रिंगटा लाग्ने जस्ता समस्या हुन सक्छ । प्रशस्त पानी नपिएमा मुख सुक्ने, ओंठ फुट्ने, अनुहारको छालामा आकर्षण नहुने र वेहोस हुने अवस्थामा सम्म पुग्न सकिन्छ । ग्याष्ट्रिकको पहिलो औषधि भनेको तामाको भाडामा राखेको पानी प्रशस्त पिउनु हो । तातो पानी चिया स्टाईलले लगातार पिउनु र फ्रिजको पानी घटघट पिउनु भने स्वास्थ्यको लागि हानिकारक हुन्छ । तातो पानी लगातार लामो समय पिएमा पाचन प्रणाली कम्जोर भएर जान्छ । रुघा, खोकी, चीसो लागेको, टनसील, पखालामा भने तातो पानी, अदुवा पानी, कागती पानी, बेसार पानी, जीरा पानी औषधि हुन्छ । हिंडेर, दगुरेर अथवा कुनै काम गरेर स्वा“–स्वा“ भएको वेलामा तुरुन्त पानी पिउनु हु“दैन र एकछिन आराम गरेर शरिर सितलो भएपछि मात्र पिउनु पर्दछ । मुटु एवं शरिरको तापक्रम र पानीको तापक्रम नमिलेर तुरुन्त मृत्यु हुन पनि सक्छ । यस्ता घटना बेलामौकामा भईरहेका छन । चीया पिउननासाथ चिसो पानि पिउनु वा आईक्रिम वरफ खाए लगत्तै चिया वा तातो पानी पिउनु स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ । विहानमा उठेर दुई लिटर पानी खाने र हात सकेसम्म माथि लगेर पन्ध बीस मिनट जगि¨ गर्ने हो भने दिशा खलास हुन्छ । विभिन्न रोगहरुको प्राकृतिक उपचार चिसोपानी, तातोपानीबाट गरिन्छ । रुघाखोकी लागेको, चिसो लागेको अवस्थामा स्टीम वाथ गर्नु तथा तातो पानीमा नुहाउनु प्राकृतिक उपचार हो । ३) आहार हरेक प्राणीहरु खानकै लागि संघर्ष गरिरहेका हुन्छन । खानाकै लागि मानिसहरुले पनि ठूलो दुःख र परिश्रम गरिरहेका छन । आदिम मानिसहरु खानाकै उत्पादन, संकलन, भण्डारका लागि एक ठाउमा स्थीर भै बस्न थाले र मानव समाज फिरन्ते युगबाट कृषि युगमा रुपान्तरण भयो । साम्यवादी दर्शनका प्रवर्धक कार्ल र्माक्सले सामाजिक संरचनाको वर्गिकरणनै उत्पादन प्रणाली र उत्पादन संबन्धको आधारमा गरेका छन । भनिन्छ गास, बास र कपास राष्ट्रका नागरिकहरुका आधारभूत कुरारु हुन् र यी तीन आवश्यकता सहजै पूरा भएन भने राज्यमा आन्दोलन हुन्छ, बिद्रोह हुन्छ । मानव समूदायले खानाकै अध्ययन अनुसन्धान र उत्पादन प्रविधिमा लामो समय व्यतित ग¥यो र गरिरहेको छ । खानाले नै हाम्रो शरिर बन्ने हु“दा खानाको बारेमा जानकारी लिनु स्वास्थ्यको लागि अत्यन्त महत्वपूर्ण छ । के खाने, कतिवेला खाने, कसरी खाने, कति खाने भन्ने कुरा स्वास्थ्यको लागि अत्यन्त महत्वपूर्ण छ र यी कुराहरुमा ध्यान नदिएर तथा नजानेर नै हामिहरु बिरामी परिन्छ । हामी नेपालीहरुले यिनै कुराहरु नजानेर नै ग्याष्ट्रिक, अल्सर राष्ट्रिय रोग बनेको हो । मानव जिवन स्वस्थ्य रहोस भनेर नै खानाको लागि नियम, रुटिन बनेका छन । पेट भर्नको लागि खाने खाना र स्वास्थ्यको लागि खाने खाना, स्वादको लागि खाने खाना र स्वास्थ्यको लागि खाने खाना, शरिर मोटो बनाउनको लागि खाने खाना र सेलहरु बलियो बनाई आयु लम्ब्याउने खानामा भिन्नता हुन्छ । धर्ममा पनि सात्वीक भोजन र तामसी भोजन अथवा शाकाहारी खाना र मांशहारी खाना भनि वर्गिकरण गरिएको छ । संतुलित खाना खाने, वेलामा वा ठिक–ठिक समयमा खाने, भोक लाग्दा मात्र खाने, ठिक्क खाने, अटस–मटस हुने गरि नखाने, शरिरको स्वास्थ र उमेर अनुसार खाना खाने नियमहरु हाम्रो स्वास्थ्यको लागि अत्यन्त महत्वपूर्ण छ । खाना उमेर अनुसार, शारिरिक स्वास्थको अवस्था अनुसार, आफुले गर्ने कामको प्रकृति (शारिरिक कि मानसिक) अनुसार, मौसम अनुसार अनुकुल हुनुपर्दछ । जन्मिएको छ महिना सम्म आमाको दुध मात्र खुवाउनुपर्ने भएर होला छ महिना पुगेपछि भात ख्वाई गर्ने सामाजिक रिती प्रचलन भएको । बच्चा हुर्किदै जाने क्रममा क्रमशः लिटो र ठोस पदार्थ खुवाउदै जानु पर्दछ । यस्तै उमेर ढल्किएका बृद्ध–बृद्धाहरुको पाचन प्रणाली पनि कम्जोर भएर जाने भएकोले खोले, झोल पदार्थ, फलफुलको मात्रा धेरै खाने प्रचलन छ । एवं रितले विरामी भएको वेलामा पनि शारिरिक अवस्था कम्जोर हुने हुनाले झोलिलो खाना र फलफुलहरु खुवाउनु पर्दछ जस्ले शरिर तंग्रीन मद्दत गर्दछ । रुघा, ज्वरो एवं अन्य शारिरिक अस्वस्थताको बेलामा माछा, मासु, भात एवं गरिष्ठ खाना खाएमा शरिरले पचाउन सक्तैन र अझै विरामी परिन्छ । मानशिक श्रम नगर्ने व्यक्तिले हल्का र अलिक कम खानु पर्दछ । शारिरिक श्रम गर्नेले अलिक मस्त खान सकिन्छ । यस्तै हाम्रो स्वास्थको लागि वायुमण्डलिय वातावरण र हाम्रो शरिरको तापक्रम मेल खानुपर्ने भएर प्रकृतिमा पनि मौसम अनुसारका फलफुलहरु फल्दछन भन्ने बुभ्mनु आवश्यक छ । मंशिर, पुष, माघमा स्याऊ, सुन्तला, जुनार र असार, साउन, भदौमा आ“प, कटहर फल्नु भनेको यस्ता फलफुल खाएर हाम्रो शरिर प्रकृतिको वातावरणसंग मेल खानु पर्दछ भन्ने हो । मौसम परिवर्तनको वेलामा धेरै मानिरहरु विरामी पर्नु भनेको पनि हाम्रो शरिर वाहिरी वातावरणसंग घुलमिल हुन नसकेर हो । विहान बिउ“झिनासाथ सकेसम्म एक गिलास पानी पिएर पेट हल्लाउने र वाकेर (भोमिट गरी) प्mयाल्ने जसले पेटमा जम्मा भएर बसेको अम्लिय पदार्थ बाहिर जान्छ र पेट हल्का हुन्छ र त्यसपछि कम्तिमा एक लिटर पानी पिउनु पर्दछ । यसपछि नित्य कर्म योग, ध्यान, मर्निङ वाक, एक्सरसाइज गरी हल्का खाजा खान सकिन्छ । बिहानमा चिया पिउने प्रचलन स्वास्थको लागि हानिकारक हो । पेटका रोगीहरुको लागि त चिया झनै बिष हो । बिहान बेलुका पेट तन्कीने गरि खाने र भोक लागेको बेला केहि नखाने गर्नु मानसिक तथा बसेर आरामको काम गर्नेलाई राम्रो होइन । “ठिक्क खाए बल धेरै खाए मल” भन्ने त बुढापाकाको भनाई नै छ । हरेक तीन देखि चार घण्टाको अन्तरालमा थोरै–थोरै खानु राम्रो हो । बेलुकाको खाना सुत्नु भन्दा तिन घण्टा पहिला खानु पर्दछ । खाने वित्तिकै सुत्ने र व्यायाम नगर्ने बानिले भु“डि बाहिर निक्लन्छ र भु“डे भईन्छ । अफिस, स्कूल, व्यापार तथा अन्य क्षेत्रमा आरामको काम गर्ने मानिसहरुले खानामा दाल, भात, रोटी भन्दा तरकारी, साग, सलाद, फलफुलको मात्रा धेरै गर्नु पर्दछ । पकाएर ओथाउन नपाउ“दै तातो–तातो सपासप खानाले पनि स्वास्थ्यलाई असर गर्न सक्छ । सबै खाना मज्जाले चबाएर आरामले खानु पर्दछ । खा“दासाथ कुनै काम गर्नु वा हिड्नु पनि राम्रो होइन, कम्तिमा पा“च–दश मिनट पद्मासनमा बस्नु पर्दछ । खाएर तुरुन्त नुहाउनु भनेको त स्वास्थको लागि हानिकारक नै हो । शरिरको भित्री बाहिरी तामक्रम नमिल्नाले बिरामी नै पर्न सकिन्छ । खाने वस्तु, खाना खाने नियम र खाने तौर तरिका नै हाम्रो लागि औषधि र विष हुने हु“दा यस्ता बैज्ञानिक नियमहरु पालना गर्नै पर्दछ । भनिन्छ संसारमा मानव जाति खान नपाएर भन्दा खाने तरिका नजानेर धेरै बिरामी हुने तथा मर्ने गरेका छन । टुसा निक्लिएको, उम्रिएको र का“चो खानाले हाम्रो शरिरमा रोग प्रतिरोधि क्षमता बृद्धि गर्दछ र दिर्घ प्रकृतिका रोगहरु नलाग्ने मात्र होईन लागेको रोगहरु पनि निको हुन्छ । खाने बानीमा सुधार गरेर टुसा उम्रिएको गेडागुडी का“चै खाने, गहु“को जमराको रस, दुबोको रस, सिस्नुको खोले, हरियो साग शब्जि, फलफुल, रोग अनुसारको आर्युवेदिक जडिबुटि, योग, व्यायम, ध्यानले सबै प्रकारका दिर्घ रोगहरु निर्मूल हुन सक्दछन । दुध, मह, घिऊ, पनिर, चीज तथा सुक्खा फलहरु ओखर, बदाम, काजू, किसमिस, बदाम, मुनक्का आदिले हाम्रो शरिरको सेलहरुलाई बलियो बनाई रोग प्रतिरोधि क्षमता बृद्धि गर्दछन तथा दिर्घ जिवनको लागि नभई नहुने खाना हुन भने भात, दाल, रोटी, ढिंडो, आलु प्रोटीन र कार्वोहाईड्रेट आपुर्ति गर्ने खाना हुन । बासी, डढेको, अमिलो भई स्वादमा परिवर्तन भईसकको, कुहेको तथा पकाएर चिसो भई ढाडिएको खाना पेट भर्नको लागि मात्र हो स्वास्थ्यको लागि हानिकारक हो । स्वाभावीक रुपमा खाना पाकेर चिसो भईसकेपछि सडने प्रकृया शुरु हुन्छ र स्वादमा समेत परिवर्तन आउदछ जुन खाना खानु भन्दा नखानुमा स्वास्थ्यको लागि लाभदायक हुन्छ । गर्मी महिनामा आलु र कतिपय तरकारी त पाकेर चिसो भएपछि सड्न शुरु भई हाल्छ । का“चोमा पनि काटेर वा बोक्रा छिलेर राखेको तरकारी केहि घण्टापछि र¨ परिवर्तन हुन्छ मतलब कुहुन शुरु हुन्छ । फलफुलहरु चोट लागेको ठाउ“बाट कुहुन शुरु हुन्छ । यसरी डढेको, स्वाद परिवर्तन भएको वा कुहेको खानामा हाम्रो शरिरलाई चाहिने खाद्य तत्व होईन बिष हुन्छ र पाचन प्रणाली नै कम्जोर बनाउ“छ । त्यसकारण बजारमा पकाएर खुला रुपमा राखेको चिसो भईसकेको खाना, काटेर वा छिलेर ठीक्क बनाई राखिएको फलफुल शरिरलाई फाइदा होइन घाटा हुन्छ । नियमितरुपमा यस्ता खानाले पाचन प्रणाली पुरै कमजोर भएर जान्छ ।स्वास्थ्यको लागि आप्mनो शरिरको प्रकृति र रोग अनुसार खानाहरु बार्नु वा परहेज गर्नु पर्दछ । मानिस शाकहारी प्राणी भएको हु“दा सकेसम्म शाकाहारी भएको धेरै राम्रो हुन्छ । पेटका रोगीहरु ग्याष्ट्रिक, अल्सर, क्यानसर, पिनाश, युरिक एसिड, पाइल्स तथा छालाका रोगहरुको लागि त मासु बिष नै हो । उमेर ढल्किएपछि त मानिसको शरिरले माछामासु पचाउनै सक्तैन र छाड्नै पर्ने हुन्छ । दम, पिनास, मधुमेह, ब्लड प्रेसर, पाईल्स, थाईराइड, अल्सर, क्यानसर जस्ता दिर्घ रोगहरु र्पुख्यौली कारणले भन्दा हामीले लामो समय सम्म आहार विहारमा लापरवाहि गरेको कारणले लाग्दछन र आहार विहारलाई औषधिको रुपमा प्रयोग नगरे सम्म यि रोगहरु सञ्चो हु“दैनन् । यसकारण स्वास्थ्यको लागि खानपानमा सुधार तथा नियमहरुको पालना एकदमै महत्वपूर्ण छ । मानविय शरिको आवश्यकता अनुसार सन्तुलित खाद्य तत्व प्राप्त हुने गरी खाना खानुको साथै कतिपय खाद्य वस्तुहरु यस्ता हुन्छन जुन मिसाएर खा“दा विरामी पर्ने मात्र होईन मृत्युनै हुन सक्तछ । हेर्दा सामान्य लागी यस्ता मानविय अनुभवहरुमा ख्याल नगर्नाले ठूलो घाटा हुन सक्तछ । कतिपय खानाहरु मिश्रीत गरी खाईयो भने स्वास्थ्यको लागि अत्यन्त हानिकारक हुन्छ । पाकेको कटहर र पोलेको मकै संगै खायो भने मानिस मर्न सक्छ । त्यस्तै मह र घिउ बराबर मिसाएर खायो भने पनि मानिसको तुरुन्त मृत्यु हुन सक्छ । माछा वा मासु र दुध संगै खायौं भने पपि स्वास्थ्यलाई हानी गर्छ भनिन्छ । दुधमा नून मिसाएर खायो भने पनि स्वास्थ्यलाई हानि हुन्छ । भनिन्छ नून र दुध मिसीएको खाना निरन्तर खायो भने कालान्तरमा कुष्ठ रोग लाग्न सक्छ । दही र माछा एकसाथ खायो भने सिधै विरामी परिन्छ । यस्तै दहिसंग मह खायो भने पनि विरामी परिन्छ । सितल प्रकृति र गरम प्रकृतिको वस्तु भएको कारणले मानिस विरामी पर्दछ । वायु, एलर्जि र छालाका समस्याहरु देखा पर्दछन । माछा मासुसंग मिठ्या“ई, दुध खाएमा पेटको समस्या हुन्छ । प्याज र दुध संगसंगै खायो भने दाद, लुतो, एक्जीमा, सोराईसिसका समस्याहरु बढेर जान्छ । दुध र दही संगसंगै खानु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसले पेटको समस्या निम्त्याउ“छ । दहीसंग घिउ तथा चिल्लो कुरा एवं दही र परौठा आदि कहिल्यै खानु हु“दैन यसले झाडा पखाला, कब्जियत, अपच जस्ता पेटको समस्याहरु निम्त्याउ“छ । कागती र सुन्तला, कागती र दुध, सुन्तला र दुध एकैसाथ खानु स्वास्थका लागि हानिकारक हुन्छ । माछामासुसंग जुस पनि स्वाथ्यका लागि हानिकारक हुन्छ । चीसो पेय पदार्थ पिएको लगत्तै पान सुपारी खायो भने मिश्रणले शरिर भित्र साइनाइड उत्पादन भएर बिष बन्छ । चीया पिएको लगत्तै चिसो तथा चिसो पिएको लगत्तै चिया त शरिरको लागि हानीकारक हो । ध्यान दिनुपर्ने कुरा आलुको तरकारी र भातले पनि कब्जियतको समस्या ल्याउ“दछ जो हामी नेपालीहरुले प्राय टुटाउ“दैनौ । यस्ता कुराहरु हजारौं बर्षको मानिसहरुको अनुभवको साथै वैज्ञानिक रुपमा पनि प्रमाणित भएका हुन । ४) विहारः– यो संसार नै निश्चित नियममा चलेको छ । नियम बाहिर गएपछि प्राकृतिक असन्तुलन हुन्छ र संसार नासिन्छ । बिहान हुनु, घाम लाग्नु, अस्ताउनु, रात हुनु, ऋतु फेरिनु, बर्षा हुनु, ठंडी आउनु प्राकृतिका नियमित कृयाकलापहरु हुन् । यस्ता नियमित प्राकृतिक क्रियाकलापहरु प्रिवर्तन भएमा जीव जगतकै अस्त्वीत्वमा संकट आउन सक्छ । यस्तै प्रकारले हाम्रो आप्mनो स्वास्थ्यको लागि पनि हामी निश्चित नियमहरु पालना गर्नु पर्दछ र नियममा चलेनौं भने हाम्रो स्वास्थ्यमा पनि गडबडी हुन्छ । सुत्ने, उठ्ने, हग्ने, मुत्ने, खाने, शारिरिक काम गर्ने वा व्ययाम गर्ने कृयाकलापहरु नियमित रुपमा नियम संगत ढंगले गर्नु पर्दछ । वेलामै सुत्ने, विहानै उठेर पानी पिउने, दिशा पिशाव गर्ने, हिंड्ने, व्ययाम गर्ने, योग गर्ने, नुहाउने, नास्ता खाने, काममा जाने, आराम गर्ने कृयाकलापहरु ठिक–ठिक समयमा नियमित रुपमा गरिएन भने स्वास्थ्यमा गडबडि आउछ भन्ने बुभ्mनु जरुरी छ । एक रात सुतेन भने शरिर सात दिन बिरामी पर्छ । हा“स्ने, रमाईलो गर्ने, नाच्ने, खेल्ने, किर्तन भजन गर्ने, बेला–बेलामा घुम्ने परम्परा र नियमहरु पूर्खाले बसाल्नुमा कारण मानिसको स्वास्थ्य संग सम्बन्धित छ भन्ने बुझौं । मौसम र समय अनुसारका चाडपर्व मनाउने, जन्म बिवाह र मृत्युमा निश्चित कार्यक्रमको आयोजना गर्ने रिती रिवाजमा अवश्य पनि कारण छन । वर्तमान समयमा ब्यापकरुपमा देखिएका ग्याष्ट्रिक, अल्सर, क्यानसर, मधुमेह, उच्च वा न्युन रक्तचाप, रक्त अल्पता, पाईल्स, पिनास, बाथ, युरिक एसिड, पत्थरी, किडनी डेमेज, हृदय तथा मुटु रोगहरुको खास कारण भनेको बजारको प्रदुषित र मिसावटी खाद्य पदार्थको प्रयोग र आहार, विहारमा लापरवाही नै हो । आमा बाबाले “घाम उदाउने वेलासम्म सुत्यो भने गुहुले आन्द्रा खान्छ” भन्नुहुन्थ्यो । हो हामिले खाएको खानाले निश्चित समय सम्म मात्र खाद्य तत्व दिन्छ त्यसपछि आन्द्रामै सडन थाल्छ अनि यो लापरवाहिको अवधि लम्बिए संगै त्यसले क्रमशः कब्जियत, ग्याष्ट्रिक, अल्सर, क्यानसर तीर उकालो उक्लिन्छ । विहान चार देखि पा“च बजे सम्म उठेर नियमित नित्य कर्म (दिशा पिशाव) गरिएन भने त्यो समय काटेपछि आन्द्रामा दिशा सुकेर समयमा हुन छाड्छ अनि लामो समय सम्म यो लापरवाही जारी रहेमा निश्चित अवधिपछि रुघा, खोकी, पिनाश, नाक सुक्ने, अपच, पेटमा गडबडी, ग्याष्ट्रिक, अल्सर, टनसील, दम लगायत अनेक खालका समस्याहरु देखा पर्दछन । हाम्रो शरिर गाडीको ईञ्जीन जस्तै हो । गाडी चलाएन र राखी रह्यो भने खिया लागेर बिग्रीन्छ र हामी अल्छी गरेर बसिरह्यौं वा सुतिरह्यौं भने शरिर कुजिन्छ स्वास्थ्यमा समस्या आउदछ । बसिहियो भने जिउ अरअरिन्छ, कुजिन्छ कारण जिउ चलायमान भएन । जानिराखौं यो पृथ्वीमा हरेक कुरा चलायमान छन र परिवर्तनशिल छन । निर्जिव भनिएका माटो, ढु¨ा, फलामहरुमा पनि निश्चित अवधिपछि परिवर्तन हुन्छन । रामले गद्दिमा मोटाएर बसेका साहुजीहरु, कुर्सिमा बस्ने भु“डि निक्लिएका हाकिमहरु भन्दा खेती किसानी र शारिरिक परिश्रम गर्ने मजदुरहरु फुर्तिला हुन्छन र तुलनात्मक रुपमा धेरै बा“चेका छन । त्यसकारण माथि उल्लेखित परम्परागत आहार विहारका नियमरु धर्मको रुपमा मानेर होईन तिनको वैज्ञानिक कारण जानेर कायम राखौं र निरन्तरता दिऔं र स्वस्थ रहौं । ५) वायुः– प्राणी जगतको अस्त्वीत्व खास वातावरणमा संभव छ जुन वातावरण पृथ्वीको वरीपरी वायूमण्डलको रुपमा रहेको छ । यो वायूमण्डलमा अक्सीजन, कार्बनडाइ अक्साइड, हाइड्रोजन, नाइट्रोजन, आदि विभिन्न ग्या“सहरु छन र तीनमा अक्सीजन सम्पूर्ण प्राणी जगतको प्राणवायू हो । खान नपाए हप्तौं बा“च्न सकिन्छ, पानी नपाए चार दिन बा“च्न सकिन्छ तर श्वाश लिन बन्द गरे हामी दुई मिनट पनि बाच्न सकदैन । अस्पतालमा मर्न लागेको मानिसलाई पनि अतिरिक्त अक्सीजन दिएर केहि समय बचाइन्छ । यसबाट थाहा पाउन सकिन्छ मानिस तथा प्राणीहरुको लागि अक्सीजनको महत्व कति छ । हाम्रो शरिरमा प्रशस्त अक्सीजन भयो भने छुट्टै स्फूर्ती आउछ र अक्सीजनको मात्रा कम भयो भने जागर लाग्दैन, अल्छी लाग्छ, हाई आउछ । विहानमा नुहाईसकेपछि उडु“–उडु“ झैं स्फूर्ती आउनुको कारण शरिरको छालाको प्वाल खुलेर प्रशस्तरुपमा शरिरभित्र अक्सीजन प्रवेश गर्नुले हो । बनजंगल र हरियालीको नजिक पुग्दा छुट्टै आनन्द आउनु, फूर्ती आउनुको कारण पनि हाम्रो शरिरले प्रशस्त अक्सीजन पाउनुको कारणले हो । धेरै माथि पहाडमा जा“दा लेक लाग्नु वा हिमाल चढ्दा सास फेर्न नसक्नु अक्सीजनको कमिले गर्दा हो । वनस्पतिले अक्सीजन उत्पादन गर्ने हु“दा प्राणीहरु र वनस्पतिमा एकअर्कामा निर्भर छन । प्राणीले अक्सीजन लिन्छ र कार्वनडाइअक्साईड प्mयाल्छ र वनस्पतीले अक्सीजन उत्पादन गर्छ र कार्वनडाइअक्साईड शोषण गर्दछ । यसकारण प्रशस्त अक्सीजनयुक्त स्वच्क्ष्छ हावाको लागि बोटबिरुवा वनजंगल अथावा भनैं वातावरणको महत्व छ । बनजंगल भएको डा“डामा मन्दिर बनाउनु, मन्दिर वरिपरी फोहर नगर्नु र विहानमा मन्दिरको दर्शन गर्नु जस्ता धार्मिक कृयाकलापमा मानिसले प्रशस्त मात्रामा अक्सीजन ग्रहण गर्न सकुन भन्ने बैज्ञानिक कारण हुन सक्छ । सबैभन्दा धेरै अक्सीजन उत्पादन गर्ने पिपलको बोट लगाएर आराम गर्ने चौतारी बनाईदिनुमा पनि बैज्ञानिक कारण हुन सक्छ यद्यपी यस्ता कार्य धर्मको लागि गरिएका हुन्छन । विहानको हिंडाई, प्रणायाम, अनुलोम विलोम, कपालभा“ती आदि योगहरुको माध्यमले धेरै अक्सीजन ग्रहण गर्न सकिन्छ र स्वस्थ रहन सकिन्छ । हरेक मनुस्यले जानी राखौं जिवनको शुरुवात र अन्त्य दुबै श्वाशबाट अथवा हावाबाट हुन्छ । ६) विचार कुनैपनि काम गर्नु भन्दा पहिला त्यो कामको बारेमा मनबाट कल्पना गरिन्छ जस्तो कि कुनै साथीलाई भेट्न जानु छ भने “आज फलानालाई भेट्न जान्छु” भनि सोचिन्छ र अनि उसलाई फोन गरेर समय मिलाई भेट्न गईन्छ । एवं रितले कुनै पेशा, व्यवसाय, उद्योग धन्दा शुरु गर्न सर्वप्रथम त्यसबारे मनमा कल्पना गरिन्छ, सोच बनाईन्छ र अनि योजाना बनाएर त्यस कार्यतर्फ अग्रसर भईन्छ । यस प्रकार सोच एवं विचार सृजना गर्नु, वा बनाउनु हरेक कार्यको लागि सुरुवाती अवस्था हो । म कम्जोर छु, विरामी छु भन्ने नकारात्मक विचार सोची रहियो भने त्यसले शरिरमा रोग प्रतिरोधि क्षमता नास गर्ने रसायन उत्पादन गर्दछ र अझै कम्जोर र रोगी भईन्छ । आफूलाई रोग लागेको छ भनेपनि मनमा “म बलियो छु र म संग रोगलाई जित्ने शतिm छ” भन्ने लगातार सोची रहियो भने शरिरमा रोग प्रतिरोधि रसायन उत्पादन हुन्छ र लागेको रोग निको हुन सहयोग हुन्छ र रोगलाई जित्न सकिन्छ । हाम्रो परम्परा अनुसार झारफुक् गरेर रोग निको हुने कारण यहि विचारको प्रभावले गर्दा हो । हेराउने–चढाउने कुराले मानिसलाई मनोबैज्ञानिकरुपमा बलियो बनाउदछ अथवा मानिसको मनमा “अब मलाई सञ्चो हुन्छ” भन्ने लाग्छ र यसले शरिर भित्र रोग प्रतिरोधि रसायन उत्पादन भएर रोग निको हुन्छ । नियमित रुपमा लगातारको ध्यान तपस्याले जटिल रोगहरु पनि निको हुन सक्छन । यस प्रकार रोग निको पार्ने पहिलो औषधि विचार एवं सोच हो । सबै मानिसहरुको ज्ञान ग्रहण गर्न सक्ने अथवा बुभ्mने क्षमता एकैनासको नभएको कारणले लामा–धामी, हेराउने–चढाउने, आजा–पूजा, भाक्कल संकल्प, देवि–देवता आदि म्ँँध्यमबाट सर्वसाधारणको मनोबल बढाउन गरिएका प्रयोग होलान जो पछि गएर टाठा बाठाहरुले. लाटा गा“डाहरुलाई शोषण दमन गर्न प्रयोग गरे र लुट्नको लागि प्रयोग गरे । शुरु गरेको कार्य सफलताको लागि होस अथवा युद्धमा विजयको लागि, हरेक कुरामा सर्बप्रथम बैचारिक रुपमा मनबाट विजय प्राप्त गर्नु पर्दछ । लामा–धामी, हेराउने–चढाउने, आजा–पूजा, भाक्कल संकल्प, देवि–देवता आदि सबै मानिसको विचार बलियो बनाउन गर्ने परम्परागत कृयाकलापहरु हुन जसको अस्त्वीत्व संसारभरि छ । सकारात्मक र स्वस्थ विचार, सबैको भलो सोच्ने, दुश्मनको पनि कुभलो नसोच्ने विचार, रिस, ईश्या, लोभ, मोह, घमण्डरहित विचारले मानिसलाई स्वस्थ रहन अवश्य मद्दत गर्दछ । हामी मानिसका पा“च ईन्द्रियहरु छन र यी ईन्द्रियहरुको माध्यमबाट भिन्न प्रकारका आनन्द प्राप्त हुन्छ । मानिसहरु आ“खाबाट र¨ीविर¨ी फुल, झिलीमिली, हरियाली, सुन्दर दृश्यरु हेरेर मनलाई आनन्दित पार्दछन, कानबाट गीत, धुन, रोधि, नाटक, सिनेमा र मन छुने भाषण सुनेर मनलाई आनन्दित पार्दछन, नाकबाट स्वच्छ हावा, फूल र बोटबिरुवाको सुगन्ध लिएर मनलाई आनन्दित पार्दछन, मुख जिब्रोबाट फलफूल, अन्न, बनस्पतिका स्वादहरु लिएर मनलाई आनन्दित पार्दछन, छालाबाट स्पर्श, मसाज, अंगालो, यौन सम्बन्धको माध्यमबाट मनलाई आनन्दित पार्दछन । यी पा“च ईन्द्रियहरुको केन्द्रबिन्दु मन हो र यो सर्वश्रेष्ठ ईन्द्रिय हो । मनलाई शरिरसंग जोड्न योग, ध्यान, तपस्या ले सकिन्छ भन्ने कुरा भगवान शिव, भगवान गौतम बुद्ध लगायत ऋषि मुनी तपस्वीहरुको निष्कर्ष हो । योग, ध्यान, तपस्या ज्ञानले अन्र्तआत्मालाई दिक्षीत बनाएर मनलाई आनन्दित पार्ने विचार नै प्राणीजगतबाट मुतिmको सर्वश्रेष्ठ उपाय हो भन्ने कुरा गौतम बुद्ध लगायत महात्मा ऋषिहरुको मुख्य विचार हो । सकेसम्म प्राणी जगतको भलो गरेको छु, कसैको कुभलो गरेको छैन, कसैको लुटेर खाएको छैन, कसैप्रति अन्याय गरेको छैन, नितान्त आप्mनो परिश्रम र बुद्धि वर्कतले बा“चेको छ्ु भन्ने सोचले मर्ने बेलामा पनि मनमा शान्ति हुन्छ भन्ने गौतम बुद्ध लगायतका ऋषि, मुनी तपस्वीहरुको निष्कर्ष हो । यसको लागि मानिसहरुले क्रोध, ईष्या, लोभ, मोह, घमण्ड जस्ता गलत विचारहरु त्यागनु पर्दछ । मानिसहरुको गलत विचारलाई नियन्त्रणमा राख्नु पर्दछ भनेर नै देवि, देवता, धर्म, कर्म हाल आएर निती, नियम, कानून बनेका हुन् । अर्काको परिश्रम नखाने, कुकर्महरु नगर्ने मात्र होइन चोरी, डकैति, छली, लुट, ठगी, व्यभिचार, मारकाट गर्नेको घरमा गएर खाएपनि पापको भागी भईन्छ भन्ने धार्मिक मान्यता छ । गलत काम गर्नेको संगतनै नगर्नु संगत गरेमा पापको भागी भईन्छ भन्ने धार्मिक मान्यता छ । हामीले बुभ्mनै पर्ने कुरा योग, ध्यान, तपस्यामा, प्रार्थना, भजन, आर्शिवादमा अवश्य केहि शतिm छ त्यसैले सबै धर्मका अगूवाहरुले यस्ता तरिका अपनाएर मानिसहरुलाई आप्mनो धर्म सम्प्रदाय तर्फ आकर्षण गरेका छन् र आप्mनो अनुयायी बनाएका छन् । एकाग्रता, ध्यान, प्रार्थनाको माध्यमबाट मनलाई आनन्द तथा सुःख शान्ति मिलेको बता्एका छन । भनिन्छ, योग ध्यान र साधनाले शरिर र मनलाई जोड्ने हु“दा योग भनिएको हो । मानिसहरु जम्मा भएर हिन्दु धर्ममा यज्ञ, पूजा, प्रार्थना, किर्तन, भजन, क्रृश्चियन धर्ममा भजन, प्रार्थना, आशिर्वाद, मुस्लीम धर्ममा शुक्रबार अल्लाहको पुकार, बौद्ध धर्ममा पूजा, प्रार्थना, ध्यान जस्ता कृयाकलापहरु बैचारिक रुपमा मानिसहरुलाई एकोहो¥याउने र आप्mनो अनुयायी बनाईरहने कार्य हुन ।चेतनाकै कारणल मानिस र जनावरहरु बिचमा भिन्नता छ र हामीले जान्न बुभ्mनै पर्ने कुरो चेतना स्तरकै कारण मानिस–मानिसमा पनि भिन्नता छ । बहुसंख्यक मानिसहरुको चेतना स्तरकै कारण विभिन्न मुलुकहरुको सभ्यताको स्तरमा फरक भएको छ । सोचने, मुल्याङ्कन गर्ने, निर्णय गर्ने क्षमता भिन्न भएको कारणले नै पुरातन समाजमा शोषण, दमन, अन्याय, अत्याचार, भ्रष्टाचार विद्यमान रहेका छन । एकात्मक र बहुलवादी शासन पद्धती भन्दा शासन गर्ने शाषकहरुको चेतना स्तरको भिन्नताले गर्दा विभिन्न मुलुकहरुमा विकास र सभ्यता स्तर फरक भएको छ । निष्कर्षमा भन्दा विचार सर्वश्रेष्ठ हो र राम्रो विचार, सकारात्मक विचार, परोपकारी विचारले व्यक्ति मात्र होइन समाज, राष्ट्र, विश्व स्वस्थ रहन सक्छ । ७) प्राकृतिक उपचारः हाम्रो शरिर हावा, पानी, ढु¨ामाटो, खनिज पदार्थ, आकाश ले नै बनेको छ र शरिरमा यिनीहरुको सन्तुलन नभएमा बिरामी भईन्छ । जसरी प्रकृतिको निरन्तरताको लागि प्रकाशको आवश्यकता छ त्यस्तै हाम्रो स्वास्थ्यको लागि पनि प्रकाशको भुमिका महत्वपूर्ण छ । प्राकृतिक उपचार भनेको आहार, विहारमा सुधार गर्ने र पानी, माटो, प्रकाश, योग, ध्यान, मसाजका माध्यमबाट उपचार गर्ने हो । यस पद्धतीमा रोग अनुसार चिसो पानी, तातो पानी, स्टीम बाथ, एनिमा, मसाज, माटो, प्रकाश तथा योगा विधिहरु अपनाएर उपचार गरिन्छ साथै रोग अनुसार आहारमा सुधार र परहेज गर्नु पर्दछ । लामो समय कम्तिमा तीन देखि छ महिना यस प्रकार प्राकृतिक विधि अपनाएर शरिर शुद्धि गरेपछि ग्याष्ट्रिक, अल्सर, पिनास, कब्जियत, पाइल्स लगायत ज्ञात, अज्ञात रोगहरु शरिरबाट हराएर जान्छन । रोग लाग्ने भनेकै लामो समय आहार विहारको लापरवाहीले हाम्रो शरिरमा प्राकृतिक सन्तुलनमा गडबडि भएको कारणले हो । दम, बाथ, युरिक एसिड, मधुमेह, रक्तचाप जस्ता आफु मरेपछि मात्रै सञ्चो हुने दिर्घरोगहरु र्पुख्यौली कारण्(ाले भन्दा बर्षौ बर्ष सम्म हामिले अप्राकृतिक खाद्यान्न उपभोग तथा आहार विहारमा गरेको लापरवाहीको कारण लाग्ने हुन । आधुनिक एलोपेथिक पद्धत्तीमा यस्ता दिर्घ प्रकृतिका रोगहरुको अनुसन्धान र नियन्त्रण मात्र हुन्छ निदान हु“दैन । लामो समय प्राकृतिक र आर्युवेदिक पद्धत्ती एकसाथ अपनाए मात्र दिर्घ प्रकृतिका रोगहरु निको हुन सक्छ । यसकारण हरेक रोगको उपचार प्राकृतिक पद्धत्तबिाट शुरु गरौं । भारतको गोरखपुर आरोग्य भवनबाट शुरु भएको प्राकृतिक उपचार पद्धत्ती हाल नेपालका प्रमुख शहरहरुमा सञ्चालित छन । मानिसको स्वास्थ्य, मानिसको शारिरिक संरचना, विभिन्न रोगहरु र तिनीहरुको कारण तथा संबन्धित रोगको प्राकृतिक उपचार पद्धती संबन्धि राम्रो ज्ञान भएका एवं तालिम प्राप्त प्राविधिज्ञहरु भएको प्राकृतिक उपचार केन्द्रबाट मात्र सेवा लिनु पर्दछ । सामान्य तथा अर्ध ज्ञान भएको ठाउ“बाट सेवा लिंदा उल्टो असर पर्न गई प्राकृतिक उपचार प्रति नै नकारात्मक प्रभाव पर्न सक्छ । एकै नासको रोगको उपचार पनि संबन्धित व्यक्तिको शरिको प्रकृति (वात, पित्त, कफ) अनुसार फरक उपचार पद्धती अपनाउनु पर्ने हुन सक्छ । लागेको रोग निको हुने रासायनिक शक्ति पनि प्राकृतिक रुपमा हाम्रो शरिरले उत्पादन गर्दछ र त्यसको लागि हामीले प्राकृतिक विधिबाट शरिरलाई वातावरण सृजना गरिदिनु पर्दछ । दिर्घ रोगको लागि शरिरको शुद्धि गर्नु जरुरी छ । ८) आर्युवेदिक उपचारः यस धर्तीमा उपलब्ध सबै प्रकारका अन्न, कन्दमूल, फलफुल, बनस्पती बोटविरुवा हाम्रा लागि औषधि हुन । हामीले निश्चित तौरतरिका र नियम अपनाएर प्रयोग गर्न जान्यौं भने औषधि नत्र बिष पनि हुन सक्दछ । पूर्विय संस्कृति र परम्परा अनुसार जडिबुटीःबाट उपचार गर्ने पद्धती “आर्युवेद” चार वेद मध्यको एक हो । यस पद्धतीमा मानिसको शारिरिको भौतिक संरचना एकै प्रकारको भएतापनि शरिरको प्रकृति फरक–फरक हुन्छ र त्यस अनुसार उपचार गर्नु पर्दछ । आर्युवेद अनुसार मानिसको शरिर वात, पीत्त र कफ गरी ३ प्रकृतिका हुन्छन । रोग निदानको लागि शरिरको प्रकृति अनुसार जडिबुटी सेवन गर्नु पर्दछ र आहार विहारमा सुधार गर्नु पर्दछ । कैयौं रोगहरु यस्ता छन जसको एलोपेथिकमा त्यसको कुनै उपचार नै छैन जस्तै जण्डीस, हेपाटाइटिस, कब्जियत, ग्याष्ट्रिक, अल्सर, रुघा पिनाश आदि । यिनको आर्युवेदिक र प्राकृतिक पद्धतीमा उपचार छ । दिर्घ रोगहरु रक्तचाप, मधुमेह, पिनास, दम, ग्याष्ट्रिक, अल्सर, क्यानसर जस्ता रोगहरुको एलोपेथिकमा नियन्त्रण मात्रै छ, निदान छैन तर नेचुरोपेथि र आर्युवेदिकमा यिनको निदान पनि छ । उपचार जडिबुटी पसल र नक्कली वैद्यहरुकोमा हैन आधिकारीक आर्युवेदिक अस्पताल तथा सरकारी मान्यता प्राप्त आधिकारिक ठाउ“बाट गराउनु पर्दछ । उपचार प्रकृया अरुले भनेको मानेर गर्ने होईन, जानेर गरिने आधिकारिक प्रमाणीत ठाउ“मा गराउनु पर्दछ ।