काठमाण्डौ क्षेत्र नं ५ को एमाले चुनावी अभियान तीब्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक २७ गते, सोमबार ०२:००

कार्तिक २७,काठमण्डौ,आगामी मंसीर १० र २१ ग्ते दुई चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारीमा काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिध सभा उम्मेदवार र प्रदेश सभा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त भएका छन ।
घरदैलो कार्यक्रम अन्तर्गत हिजो काठमाण्डौ क्षेत्र नं ५ का प्रदेश सभा उम्मेदवार नारायण सिलवालको नेतृत्वमा एमाले पार्टी कार्यालय धुम्बराहीबाट निस्केको घरदैलौ टोली चप्पल कारखाना उत्तर तर्फ रहेको ४ नं वडाको इन्द्रावती गल्ली, भोटेकोशी मार्ग र अन्नपूर्ण मार्गका विभिन्न घरमा पुगि प्रदेश सभा उम्मेदवार सिलवाले आफनो उम्मेदवारी देशको स्थायीत्व र स्थायी सरकार निमाणका लागि भएको बताउनु भएको छ ।


सो घरदैलौ कार्यक्रममा एमाले र माओवादी केन्द्र दुवै पार्टीका कार्यकर्ता हरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
चुनाव प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउन एमाले क्षेत्र नं ५ संयुक्त निर्वाचन परिचालन कमिटीले आगामी २०७४ मंसीर १ गते शुक्रबार काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको बिशाल मिलन केन्द्रको प्रांगणमा बृहत चुनावी भेलाको आयोजना गरेको छ । सो कार्यक्रमलाई एमाले महासचिव तथा क्षेत्र नं ५ का एमाले प्रतिनिधि सभा उम्मेदवार कमरे इश्वर पोखरेल र काठमाण्डौ क्षेत्र नं ५ अन्तर्गत प्रदेश सभा १ का प्रदेश सभा उम्मेदवार नारायण सिलवाल लगायत बरिष्ठ बाम बुद्धिजीविहरुले सम्बोधन गर्ने काठमाण्डौ वडा नं ४ का एमाले चुनाव परिचालन समितिका संयोजक ध्रुब त्रिपाठीले बताउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु