तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

हिमाल एकेडेमी माध्यामिक विद्यालयको अभिभावक दिवस २०७४ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २५, आईतवार १४:११

काठमाडौँ – बालुवाटारस्थित हिमाल एकेडेमी माध्यामिक विद्यालयले छैठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७४ चैत २४ गते शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ । अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूद्वारा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।


त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक डाक्टर शेखर गुरुङको प्रमुख आतिथ्यमा विद्यालयद्वारा आयोजित उक्त कार्यक्रमम विभिन्न कक्षामा सर्वोत्कृष्ट, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई पुरस्कार तथा खेलकुद सप्ताहमा सञ्चालित विभिन्न खेलहरूमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई मेडल एवम् प्रमाणपत्र प्रदान गरिएको छ ।


कार्यक्रममा बोल्दै अतिथि प्राध्यापक शेखर गुरुङले विद्यालयले शैक्षिक तथा अतिरिक्त कृयाकलापमा समेत निर्वाह गरेको भूमिका उल्लेखनीय भएको बताउनुभयो ।

सञ्चालक अध्यक्ष नेत्र विष्ट, संस्थापक प्रधानाध्यापक कुवेर कटुवाल, र अन्य सञ्चालकहरूले आगामी योजना र रणनीतिहरूबारे प्रष्ट पार्दै विद्यालय गुणस्तरीय शिक्षाप्रति सधै प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु