स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

गर्मीमा कति पानी पिउने ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख ३, सोमबार ०९:०६

शरीरमा पानीको कमीले विभिन्न समस्या उत्पन्न हुन सक्छ । त्यसैले गर्मीमा दैनिक कम्तीमा ८ गिलास पानी पिउनुहोस्  ।गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको समस्या धेरैमा हुने गर्छ । पानी शरीरको लागि अत्यावश्यक तत्व हो जसले हाम्रो शरीरमा ७० प्रतिशत हिस्सा ओगटेको हुन्छ । शरीरमा पानी कम भएमा विशाक्त पदार्थ सहज रुपमा बाहिर निक्लन पाउँदैनन् र समस्याहरु निम्तन सक्छन् । पानीको कमीले शरीरमा फ्याटको मात्रा बढ्न पुग्छ भने पाचन प्रक्रिया कमजोर हुन्छ ।

जसले गर्दा अंगहरुले ठीक रुपमा काम गर्न सक्दैनन् । शरीरमा विकार पदार्थ बढ्न थाली जोर्नी र मांसपेशी दुख्ने समस्या निम्तन सक्छ । पानी शरीरमा कम भएकै कारण कतिपयमा ज्वरो, उल्टी, रगतमा इन्फेक्सन, पथरीलगायतका समस्या समेत देखिन सक्छन् ।दैनिक तिर्खा लागेपनि नलागेपनि ८ गिलास पानी पिउँदा विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । कोहि मानिस पानीको साटो बीयर, कफी, सोडा जस्ता पेयपदार्थको पनि सहारा लिन्छन् तर यो तरल पदार्थ भएपनि स्वाथ्यको दृष्टिकोणले भने राम्रो मानिदैन ।

खाना खानु भन्दा आधा घण्टा पहिले र खाना खाएको आधा घण्टापछि पानी पिउँदा लाभदायक हुन्छ ।बाहिरबाट घर पुग्नेबित्तिकै भन्दा पनि केहि आराम गरेर सामान्य पानी पिउनुपर्छ । यदी तपाईँमा मुटु र कब्जियतको समस्या छ भने एक चम्चा कागतीको रस मिलाएर पिउँदा स्वस्थ्यकर हुन्छ । खाना खानेक्रममा सकेसम्म पानी पिउने नगर्नुहोस् । खानाको समयमा पानी पिएमा पचाउन मुस्किल हुन्छ ।यस्तै बिहान उठ्नेबित्तिकै पानी पिउँदा निकै फाइदा हुन्छ । पानीको पर्याप्त सेवनले आन्द्रा, ब्लड, स्तनजस्ता क्यान्सरका बिरामीलाई केहि राहत मिल्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु