समसामयिक विषय – जनताको भावनामा ठूलो चोट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख १९ गते, बुधबार ०४:५३

२०५२ साल फागुन १ गतेबाट तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धले आज नेपाली राजनीतिमा व्यापकता पाएको छ । मुख्यतः नेपाली जनयुद्धले नेपालको कुनाकन्दरामा बसोबास गर्ने उत्पीडित समुदाय जात, जाती, भाषाभाषी, मधेशी, महिला, दलित अल्पसंख्यकलाई कतै न कतै छोएको थियो ।

त्यति मात्र होइन २१ औं शताब्दीका विष्णुको अवतार भनेर भन्ने राजतन्त्र वा राज परिवारदेखि तत्कालीन सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान सामन्त वर्ग देखि पुजिंपती वर्गसम्मका व्यक्ति र समुदायलाई जनयुद्धले राम्रै छोएको थियो । मुख्यतः जनयुद्धले राजसंस्थाको खारेजी संघीय जनगणतन्त्र नेपालको स्थापना गर्दै सबैखाले उत्पीडीत वर्गलाई राज्यसत्ता सञ्चालन मुख्य अंगमा पु¥याउने ध्येयका साथ नेपालको अधिकांश ग्रामीण भू–भाग जनसत्ताको स्थापना प्रकृयाबाट राजतन्त्रको समुल नस्ट गर्ने महाअभियानमा जनसमुदायको अपार माया, हजारौंको संख्यामा जनमुक्तिसेनामा भर्ति भएका ती युवाहरुको आकर्षणले पनि नेपाली राजनीतिमा ठूलो तरङ्ग पैदा भएको थियो ।

२०५९ मा ज्ञानेन्दको प्रत्यक्ष शासन गरेर संसदवादी पार्टीलाई पनि प्रतिबन्द्ध लगाएर शासन सत्ता आफ्नो हातमा लिएपछि नेपाली राजनीति तीन ध्रुवमा विभाजित भयो । संसदवादी पार्टीहरू आन्दोलन गर्दै थिए जसमा ज्यादै न्यून संख्यामा आन्दोलनकारीको उपस्थिति हुने गर्दथ्यो । आन्दोलनकारीको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो र त्यहि बेला जनपरिचालनको नेतृत्व क.प्रचण्ड ले गर्नुभएको थियो । ३ ध्रुवमाा बाँढिएको राजनीति बदल्नका लागि आन्दोलनकारी दल र (माओवादी)को दिल्लीमा भएको १२ बुँदे सहमति पछि २०६२/२०६३को आन्दोलनको तयारीको लागि पटक पटक छलफल गर्दै गाँउगाँउबाट हजारौंको संख्यामा कार्यकर्ता पठाउने जिम्मा माओवादीले लियो भने आन्दोलनको व्यवस्थापन र सडक नेतृत्व गर्नका लागि स्व. गिरिजा प्रसाद कोइराला र माधव नेपालले गर्ने भन्ने समझदारी पछि जनता सडकमा राजाका विरुद्धमा गोली थाप्न तयार भए ।

राजा ज्ञानेन्द्रलाई झुक्न बाध्य भए, वैशाख ११ गते संसद पुनःस्थापना घोषणा गर्न बाध्य भए । सहकार्य र सहमतिको यात्राबाट सुरु भएको नेपाली राजनीति २०७४ सालको प्रतिनिधि/ प्रदेश सभाको चुनावसम्म आइपुग्दा वाम गठबन्धन चुनावी मैदानमा होमीनपुग्यो । अथक प्रयास पछि नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ आयामको रुपमा विजयी बनाइएका छन र केन्द्र ६ प्रदेशमा एक्लौटी सरकार संचालन भएका छन् । विडम्बना वडा, गाउँ, प्रदेश र केन्द्रसम्म जनभावना विपरित प्रधानमन्त्रीको पक्षमा पक्षपोषण भएको पाइएको छ यसले नेपाली जनताको भावनामा ठूलो चोट पुगेको छ । यस्तै प्रकारले जनताले चाहेको शान्ति/विकास/समृद्धि/न्याय/ सुरक्षा पाउलान त ?

 

  • राम प्रसाद ढुङ्गाना (कपिल) नुवाकोट

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु