तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

यौन सम्बन्धपछि महिलालाई पछुतो किन हुन्छ ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ३०, बुधबार ०९:४५

अचानक कसैसित शारीरिक सम्बन्ध हुनुलाई क्याजुअल सेक्स भनिन्छ । पहिला सहमतिमै सम्बन्ध बन्छ तर क्याजुअल सेक्सपछि प्रायः महिलामा पछुतोको भावनाले घेर्छ ।
हालै गरिएको एक अध्ययनअनुसार सेक्सको पहल युवतीले गर्छे र यसमा उसलाई रमाइलो अनुभूति भयो भने पछुतो हुँदैन । युरोप अमेरिका तथा अन्य विकसित मुलुकमा हिजोआज ‘वन नाइट स्ट्यान्ड’ गर्ने चलन बढ्न थालेको छ ।
यस्तो अवस्थामा प्रायः महिलाहरुलाई सेक्सपछि पछुतोको भावना बढी हुने अध्ययनमा देखिने गरेको छ । महिलाका तुलनामा यस्तो सम्बन्ध राख्ने पुरुषमा पनि यस किसिमको भावना देखिए पनि अलि कम हुने गरेको अध्ययनको निष्कर्ष छ ।
शोधकर्ताहरुले नर्वेको विश्वविद्यालयका ५ सय ४७ र अमेरिकी विश्वविद्यालयमा अध्ययनरत २ सय १६ छात्राहरुसँग कुराकानी गरेका थिइ । उनीहरुसँग गरिएको कुराकानीबाट अचम्म लाग्दो तथ्य निस्कियो । यसमा समलैंगिक सम्बन्ध राख्नेहरुलाई समावेश गरिएको थिएन ।
यस अध्ययनमा समावेश भएका सबै विद्यार्थी नर्वेजिय विश्वविद्यालय, साइन्स एन्ड टेक्नोलजी तथा युनिभर्सिटी अफ टेक्ससका थिए । उनीहरुको उमेर ३० वर्षभन्दा कम थियो ।
अध्ययनको निष्कर्ष अनुसार क्याजुअल सेक्समा केटी र केटाबीचको सोच धेरै भिन्न हुन्छ । अध्ययनमा के पाइयो भने जुन युवतीले गज्जबको यौन सम्बन्ध अनुभूत गर्छे, उसमा पछुतोको भावना आउन्न ।
युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक डेभिड बज भन्छन्, ‘सेक्सका लागि महिलाले पहल गरीन् भने यसले दुई वटा कुरा देखाउँछ । पहिलो, सेक्सका बारेमा उनीहरुको दिमागमा सकारात्मक भावना छ भने यौन सम्बन्धका दौरान कामुकता खुलेर आउँछ ।
दोस्रो चाहिँ, महिलाले खुलेर आफ्नो इच्छा व्यक्त गरिरहेकी छ भने उसमा कुनै किसिमको अपराधबोध हुँदैन । यस्तोमा अपराधबोध वा पछुताउको भावना शून्य बराबर हुन्छ । किनभने उसलाई कुनै पनि किसिमको दबाब महसुस भएको हुँदैन वा कसैले पनि सेक्सका लागि दबाब दिएको हुँदैन ।’
अर्का प्राध्यापक जोय पि वकाफ भन्छन्, ‘यौन सम्बन्धमा स्त्रीको स्वीकारोक्तिले खास अर्थ राख्छ । अपराधबोध वा पछुताउको भावना एउटा अप्रिय र दिक्क पार्ने भावना हुन्छ ।’
यस अध्ययनले सेक्सका लागि आफैँ र अरुको दबाबमुक्त निर्णय सबैभन्दा महत्वको हुने देखाएको छ ।
उम्दा सेक्स
यस अध्ययनअनुसार सेक्सपछि महिलामा पछुतोको भावना आउँछ या आउँदैन, यस कुराको निक्र्योल भने सेक्स पार्टनरको यौन क्षमतामा धेरै कुरा निर्भर हुन्छ । यौन सम्बन्ध राम्रो रह्यो भने महिलालाई पीडाबोध वा पछुताउ हुँदैन ।
तर यस कुराको निर्णय लिनु पनि उति सहज छैन । उनीहरुको मनमा गर्भ रहला कि भन्ने डर पनि हुन्छ । त्यस किसिमको डर पस्यो भने उनीहरुमा पीडाबोध हुने र पछुतो मान्ने पनि हुनसक्छ ।
अध्ययनअनुसार पुरुष पार्टनरको क्षमता महिलाका लागि ठूलो अर्थ राख्छ । सेक्स पार्टनरको कामुकता र क्षमताले महिलाले भावनात्मक रुपमा सुरक्षित महसुस गर्छन् र उनीहरुमा पीडाबोध गर्दैनन् ।
पछुतोका कुरा
बिना कुनै योजना अचानक नै राखिने यस्ता यौन सम्बन्धका कारण दुवै पक्षलाई पछुतो हुने कैयौँ कारण हुन्छन् । सबैभन्दा बढी भने नैतिकताका कारण खेद वा पछुतो हुने गरेको अध्ययनले देखाएको छ ।
सेक्सका दौरान अचानक आफूले फोहोर महसुस गरे वा पार्टनर फोहोरी भएको चाल पाए यौन सम्बन्धमा विकर्षण उत्पन्न हुन्छ । क्याजुअल सेक्सका लागि सबैभन्दा ठूलो डर यौन संक्रमण, यौन रोगजस्ता कुराले उत्पन्न गराउने अध्ययनले देखाएको छ ।-नागरिक शुक्रबारबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु