दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विद्येयकमा डाक्टर केसीका लगभग सबै माग समेटिएका छन् : मन्त्री डा. यादव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ६ गते, आईतवार २३:०४


काठमाडौं, ६ माघ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले अनशनरत डा. गोविन्द केसीका सबै माग पूरा भएको स्पष्ट पारेका छन् । उनले भने,‘डाक्टर केसीले उठाउनुभएको माग विद्येयकमा लगभग सबै समेटिएका छन् ।आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफू पनि संसदको स्वास्थ्य तथा शिक्षा समितिको सदस्य भएको नाताले र मन्त्रालयको तर्फबाट पनि आफू नै समितिको बैठकमा सहभागी भएको सुनाए । उनले भने,‘यसमा जसरी उहाँहरुले भन्नुभयो एउटै कुरा, मात्रै एउटा कुरा, त्यो के छ अब उपत्यकाबाहिर खोल्ने एउटा कुरा आयो । फेरि दोस्रो कुरा के आयो भने ५ भन्दा बढि नदिने, र तेस्रो कुरा के आयो भने जो सँग आफ्नो मेडिकल कलेज छैन, त्यसलाई दिन नपाउने । भनाईको मतलव के हो भने जम्मा दुई वटा भयो । एउटा केएमसी र अर्को टियु । जो संग यसअगावै पाँचभन्दा बढि कलेज छन् । यसको मतलव यो भयो कि बाहिर नखोल्नुहोस् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘जबसम्म मेडिकल युनिभर्सीटी हुँदैन् । काठमाडौंमा नखोल्नेबारे सबै सहमति भए । यो ठिक छ । तर, काठमाडौं बाहिरको हकमा, लेटर अफ ईन्टेन्ट दिएको र जसको तीन वर्ष पढाएको पूरा भएको छ । यो बाहेक अरु के भएन त ? सरकारले समयपनि माग्न नपाउने ? तपाई हामीलाई केही दिन समय दिनुहोस, बरु पाँच , ६ वटा छन्, त्यसलाईपनि झार्छौं हामी । मेडिकल युनिभर्सीटी बनाउनको लागि समय चाहिन्छ । जसरी बिपीकेएच धरान छ, जसलाई बनाउन मिल्छ ।’
मन्त्री यादवले सरकारको विरोध गर्नेहरुलेमात्रै गोविन्द केसीको माग पूरा नभएको भनेर यसलई मुद्दा बनाएको आरोप लगाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु