कमल राज पुरी
कपिलबस्तुमा बैँकका एकजना कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा बैँकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
६५ जनाको परिक्षण गर्दा एकजनालाई पोजेटिभ देखिएको छ भने अरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।अहिले सम्म जिल्लामा सँक्रमितको सँख्या ५ सय २३ पुगेको छ |