पोखराको आइसोलेशन कक्षमा उपचाररत कोरोना संक्रमितको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते, सोमबार ०७:५१

काठमाडौँ – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन कक्षमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको वालिङ स्थायी ठेगाना भएका ६० बर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरेको छ।

निर्देशनालयका अनुसार, उनी जेठ २२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी प्रदेशमा भर्ना भएका थिए ।

उक्त अस्पतालमा अन्य ३ जना संक्रमित उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु